
तारागाउँ रिजेन्सी होटल्सको प्रथम त्रैमासिक वित्तीय विवरणTaragaon Regency Hotels First Quarter Financial Report
- वर्ग:Category:
- Financial Analysis
- प्रकाशित मिति:Published:
- Published on November 16, 2026
तारागाउँ रिजेन्सी होटल्स लिमिटेड
M/s Taragaon Regency Hotels Ltd.
बौद्ध, काठमाडौँ, नेपाल, फोन: ५१७१२३४, ४९१७१२३, फ्याक्स: ५१७८३३३
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६४ को नियम २६(१) संग सम्बन्धित अनुसूची-१४ बमोजिमको आ.व. २०८३/०८४ को प्रथम त्रैमासिक अवधिको प्रतिवेदन ।
१. वित्तीय विवरणः
क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण ।
यस आ.व.२०८३/०८४ को प्रथम त्रैमासिक अवधि १६ जुलाई २०२६ देखि ३० सेप्टेम्बर २०२६ सम्मको वैधानिक लेखापरीक्षण हुनु पूर्वको अपरिष्कृत वित्तीय विवरण तथा गत आ.व. २०८२/०८३ को सोही अवधिको वैधानिक लेखापरीक्षण हुनु पूर्वको वित्तीय विवरणको तुलनात्मक वित्तीय विवरण अनुसूची-१ मा प्रस्तुत गरिएको छ।
ख) प्रमुख वित्तीय अनुपातहरु निम्नानुसार छन् :
विवरणहरु आ.व. २०८३/०८४ को प्रथम त्रैमासिक अवधि (लेखापरीक्षण नभएको) आ.व. २०८२/०८३ को प्रथम त्रैमासिक अवधि (लेखापरीक्षण नभएको)
| प्रति शेयर आम्दानी (नोक्सानी) | (१.६६) | (१.२१) |
| प्रति शेयर नेटवर्थ | ११७.०५ | १५७.९९ |
| P/E ratio | (४८९.५५) | (७०८.०६) |
| प्रति शेयर कुल सम्पत्तिको मूल्य | २९५.७० | २३७.१४ |
| तरलता अनुपात | ०.९७ | २.०२ |
२) व्यवस्थापकीय विश्लेषणः
(क) होटलको सञ्चालन अवस्था: मिति २०२५ सेप्टेम्बर ९ मा भएको आन्दोलन तथा अशान्तिका क्रममा यस होटलमा तोडफोड, लुटपाट तथा आगजनीजस्ता घटनाबाट उल्लेखनीय भौतिक क्षति पुगेको थियो । उक्त घटनाका कारण होटलको नियमित व्यावसायिक सञ्चालन स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । होटललाई पुनः सञ्चालनमा ल्याउन आवश्यक पर्ने मर्मतसम्भार, पुनर्निर्माण तथा स्तरोन्नतिका कार्यहरू हाल सञ्चालन भइरहेका छन् ।
होटललाई पूर्ण रूपमा मर्मतसम्भार गरी आवश्यक पूर्वाधार तथा सेवा सुविधाहरू पुनःस्थापना नगरेसम्म नियमित व्यावसायिक गतिविधि सञ्चालन गर्न सम्भव नभएकाले आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासिक अवधिसम्म होटलको नियमित व्यावसायिक सञ्चालन पुनः सुरु हुन सकेको छैन ।
(ख) त्रैमासिक अवधिको वित्तीय कार्यसम्पादन: आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासिक अवधिमा कम्पनीले रु. ०.७५ करोड कुल आम्दानी गरेको छ, जुन गत आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिमा रहेको रु. २०.३८ करोड आम्दानीका तुलनामा उल्लेखनीय रूपमा कम हो । यस अवधिमा प्राप्त सम्पूर्ण आम्दानी होटलको नियमित व्यावसायिक सञ्चालनबाट नभई अन्य गैर-सञ्चालन स्रोतबाट प्राप्त भएको हो ।
होटलको व्यावसायिक सञ्चालन बन्द रहेको कारण यस त्रैमासिक अवधिमा होटलको मूल व्यवसायबाट कुनै सञ्चालन आम्दानी प्राप्त भएको छैन । त्यसैले यस अवधिको आम्दानीलाई होटलको नियमित व्यावसायिक कार्यसम्पादनको प्रतिनिधित्व गर्ने आम्दानीका रूपमा लिन मिलने अवस्था छैन ।
कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा कारबाछी रु. ३.२५ करोड घाटा व्यहोरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा कारबाछीको घाटा रु. २.३७ करोड रहेको थियो । सञ्चालन आम्दानी प्राप्त नभए तापनि होटलको मर्मतसम्भार तथा पुनःस्थापनासँग सम्बन्धित कार्यहरू र अन्य आवश्यक प्रशासनिक तथा सञ्चालन निरन्तरताका खर्चहरू व्यहोर्नुपरेका कारण कम्पनीको वित्तीय नतिजामा प्रतिकूल प्रभाव परेको छ ।
(ग) पर्यटन तथा आतिथ्य व्यवसायमा परेको प्रभावः नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको यस होटलमा २०२५ सेप्टेम्बर ९ को घटनाबाट भएको भौतिक क्षतिले कम्पनीको व्यावसायिक गतिविधि तथा वित्तीय कार्यसम्पादनमा प्रत्यक्ष असर पारेको छ। होटलको नियमित सञ्चालन स्थगित हुनुपरेका कारण आम्दानीका स्रोतहरू प्रभावित भएका छन् र कम्पनीको वित्तीय अवस्थामा समेत चुनौती थपिएको छ । तथापि, कम्पनी होटलको पूर्वाधार, भौतिक संरचना तथा सेवा सुविधाहरूलाई पूर्ववत् अवस्थामा फर्काउन र आवश्यकताअनुसार थप स्तरोन्नति गर्न प्रतिबद्ध रहेको छ ।
(घ) भावी योजना तथा व्यवस्थापनका प्रयासहरू: होटलको मर्मतसम्भार, पुनःस्थापना तथा स्तरोन्नतिका कार्यहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्। कम्पनीले चालू आर्थिक वर्षभित्र होटललाई पुनः व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक कार्यहरू गरिरहेको छ। यद्यपि, होटलको पुनःसञ्चालन आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्यहरू समयमै सम्पन्न हुने अवस्थामा निर्भर रहनेछ । होटलको भौतिक संरचनाको मर्मतसम्भारभै सेवा सुविधाहरूको स्तरोन्नति गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आतिथ्य सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले उल्लेखनीय वित्तीय स्रोत परिचालन गरिरहेको छ। यसका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवा प्रदायक, प्राविधिक परामर्शदाता तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी पुनःस्थापनाका कार्यहरूलाई शीघ्र सम्पन्न गर्ने प्रयास भइरहेको छ । व्यवस्थापने होटललाई यथाशीघ्र पुनः सञ्चालनमा ल्याई यसको व्यावसायिक गतिविधिहरूलाई क्रमशः सामान्य अवस्थामा फर्काउने, आगामीका दिनहरू पुनःस्थापित गर्ने तथा वित्तीय कार्यसम्पादनमा सुधार ल्याउने लक्ष्य लिएको छ । होटलको सफल पुनः सञ्चालन र पुन:सञ्चालनबाद आगामी अवधिमा कम्पनीले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा आफ्नो स्थापित व्यावसायिक पहिचान र बजार स्थानलाई पुनः मजबुत बनाउने विश्वास व्यवस्थापनले लिएको छ ।
३) कानुनी कारबाही सम्बन्धी विवरण:
क) यस आ.व. २०८३/८४ को प्रथम त्रैमासिक अवधिमा कम्पनीले कसै विरुद्ध मुद्दा दायर गरेको छैन र कम्पनीको विरुद्धमा कुनै मुद्दा दायर भएको सूचना कम्पनीलाई प्राप्त भएको छैन ।
ख) कम्पनीको संस्थापक वा सञ्चालकले तथा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको सूचना कम्पनीलाई प्राप्त भएको छैन ।
ग) कम्पनीको संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको सूचना प्राप्त भएको छैन ।
४) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण:
क) शेयर कारोबारमा हुने उतार चढाव खुला बजारले प्रतिपादन गरेको मूल्य तथा मान्यता अनुरुप हुने गरेको छ । शेयर कारोबार सम्बन्धी विषयमा व्यवस्थापनको धारणा तटस्थ रहेको छ ।
ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार संख्या निम्नानुसार रहेको छ ।
विवरणहरु आ.व. २०८३/०८४ को प्रथम त्रैमासिक आ.व. २०८२/०८३ को प्रथम त्रैमासिक
| अधिकतम मूल्य रु. | ८५३.९० | १,०८६.३० |
| न्यूनतम मूल्य रु. | ७६३.०० | ८०७.५० |
| अन्तिम मूल्य | ८१२.५० | ८५९.८० |
कारोबार भएको कुल दिन ४९ ४३
| कुल कारोबार संख्या | १,३३२ | ३,८५१ |
| कुल कारोबार शेयर संख्या | २९८,७७४ | ३८८,०३९ |
५) समस्या तथा चुनौतीः
क) समस्या तथा चुनौतीहरु:
(क.१) आन्तरिक समस्याः यस कम्पनीमा आन्तरिक कुनै पनि समस्या नरहेतापनि अब यस होटललाई पूर्णरुपले मर्मत सम्भार गरी चाँडो भन्दा चाँडो पुनः संचालनमा ल्याउने ठूलो चुनौती रहेको छ ।
(क.२) बाह्य समस्याः
- होटललाई अन्तर्राष्ट्रिय स्तरको पर्यटन गन्तव्यको रुपमा स्थापित गर्न आवश्यक मर्मत सम्भारका लागि चाहिने सर-सामान तथा सेवाहरु विभिन्न मुलुकबाट आयात गर्नुपर्नेमा सो क्रममा विदेशी पत्राहरूलाई सेवा बापतको रकम भुक्तानी गर्दा सरकारी निकायहरुबाट आवश्यक स्वीकृति लिदा हुने ढिला सुस्तिीका कारण मर्मत सम्भारको कार्यमा असर,
- देशमा पटक पटक भइरहने राजनीतिक प्रदर्शनहरुले गर्दा अन्तराष्ट्रिय जगतमा नेपाल पर्यटकहरुका लागि सुरक्षित नरहेको भन्ने संदेश पुग्ने क्रममा कारण पर्यटन क्षेत्रमा पर्न नकारात्मक प्रभाव,
- पर्यटन व्यवसाय संवेदनशील व्यवसाय भएकोमा गत भाद्र २४ गतेको आन्दोलनका क्रममा क्षति व्यहोरेका होटल व्यवसायीहरुका लागिय व्यवसाय पुनःस्थापना गरी संचालनमा ल्याउन सरकारको ठोस नीति तथा सहुलियतको अभाव,
- पर्यटन सम्बन्धि भौतिक पूर्वाधारहरुको विकास तथा स्तरोन्नती नहुनु, सर्वसुलभ यातायातको सुविधा नहुनु,
- विदेशी मुद्राको विनिमयमा दरमा भईरहने उतार चढाव,
- अप्रत्यासित रुपमा समय समयमा घट्ने पर्यटन व्यवसायलाई प्रतिकूल असर पार्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरु,
- पर्यटन आगमन, भौतिक पूर्वाधार तथा सञ्चालनमा प्रत्यक्ष असर पार्ने भूकम्प, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक तथा दैवी प्रकोपहरुको प्रभाव ।
(ख) रणनीतिः
- होटलको पूर्ण रुपमा मर्मत सम्भार गरी अतिथीहरुलाई प्रदान गरिने सेवा सुविधाहरुको स्तरोन्नती गराई समय सापेक्ष सुधार ल्याई तारागाउँ रिजेन्सी होटल्सलाई स्वदेशी तथा विदेशी अतिथिको पहिलो रोजाइको होटलको रुपमा स्थापित गर्ने ।
- होटल परिसरमा कर्पोरेट सभा, सामाजिक, शैक्षिक तथा सांगीतिक कार्यक्रमहरु संचालन गर्न थप आकर्षण बढाउने ।
- होटल पुनः संचालनमा आए पश्चात होटलका कर्मचारीहरुलाई आतिथिलाई उच्चस्तरीय सेवा प्रदान गराउन आवश्यक विभिन्न तालिमहरु प्रदान गर्ने,
- होटल मर्मत सम्भारका लागि आर्थिक स्रोत जुटाउ, खर्च कटौती गरी स्वदेशी तथा विदेशी ग्राहकहरूलाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा, सुविधाहरु उपलब्ध गराई लक्ष्य अनुसारको आम्दानी हासिल गर्न चाडो होटललाई यथाशिघ्र संचालनमा ल्याउने ।
६) संस्थागत सुशासनः
यस कम्पनीले प्रचलित ऐन तथा कानून, नेपाल र अन्तर्राष्ट्रिय लेखामान बमोजिमको मापदण्ड, नियमनकारी निकायहरुबाट समय समयमा जारी भएका नियम, विनियम, निर्देशन तथा परिपत्रहरुको पूर्ण रुपमा पालना गरेको छ । साथै आन्तरिक नियन्त्रण तथा नियमन प्रणाली चुस्त राख्न, सञ्चालन जोखिमहरु कम गर्न तथा कारोवारलाई थप पारदर्शी र व्यवस्थित गर्न विभिन्न आन्तरिक नीति, नियमहरु लागू गरिएको छ । कम्पनीको लेखापरीक्षण समितिले स्वतन्त्र लेखा प्रतिवेदन संचालक समिति समक्ष पेश गर्ने र संचालक समितिले आवश्यक निर्देशन दिने गर्दछ । कम्पनीको सञ्चालक समिति, लेखापरीक्षण समिति लगायत उच्च व्यवस्थापनका पदाधिकारीहरू आ-आफ्नो स्थानबाट कम्पनीको प्रगतिका निमित्त अहोरात्र खटने गरेको र आन्तरिक विभिन्न समितिहरु सदैव क्रियाशील रही परिणाममुखी कार्यहरु गर्दै आइरहेका छन् ।
७) सत्य, तथ्यता सम्बन्धमा अध्यक्ष / कार्यकारी प्रमुखको उद्घोषणः
यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धताका सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण रहेको र लगानीकर्ताहरुलाई सु-सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु नलुकाएको उद्घोषण गर्दछु ।
अनुसूची-१
Statement of Financial Position
| Particulars | Unaudited As of 30-Sep-26 | Unaudited As of 16-Jul-26 | Unaudited As of 30-Sep-25 |
|---|---|---|---|
| Assets | |||
| Non Current Assets: | |||
| Property, Plant and Equipment | 977,232,782 | 990,761,877 | 1,741,839,914 |
| Right of Use | 33,508,000 | 33,923,231 | 35,501,971 |
| Intangible Assets | 2,935,048 | 3,341,658 | 5,022,053 |
| Work in Progress | 1,396,978,774 | 1,199,482,793 | 112,996,707 |
| Advance to Supplier-Capital Works | 448,358,330 | 148,748,062 | - |
| Total Non-Current Assets | 2,859,012,934 | 2,376,257,621 | 1,895,360,645 |
| Current Assets: | |||
| Inventories | 7,655,413 | 7,807,205 | 11,501,139 |
| Trade and Other Receivables | 7,204,232 | 17,651,566 | 203,799,326 |
| Advance & Deposit | 344,367,919 | 338,988,501 | 328,284,078 |
| Investment | 600,094,445 | 800,594,445 | 1,565,994,445 |
| Cash and Cash Equivalents | 21,509,371 | 60,146,590 | 648,069,796 |
| Total Current Assets | 980,831,380 | 1,225,188,307 | 2,757,648,784 |
| Total Assets | 3,839,844,314 | 3,601,445,928 | 4,653,009,429 |
| Equity & Liabilities | |||
| Equity: | |||
| Share Capital | 1,962,120,160 | 1,962,120,160 | 1,962,120,160 |
| Reserves | 334,464,309 | 367,029,610 | 1,127,974,261 |
| Total Equity | 2,296,584,469 | 2,329,149,770 | 3,090,094,421 |
| Liabilities: | |||
| Non Current Liabilities: | |||
| Secured Loan | 383,650,000 | - | - |
| Employee Benefits | 42,269,291 | 40,883,125 | 67,542,056 |
| Deferred Tax Liabilities | 65,516,561 | 68,067,445 | 89,133,120 |
| Lease Liability | 45,158,033 | 45,196,229 | 45,185,996 |
| Total Non-Current Liabilities | 536,593,885 | 154,146,799 | 201,861,172 |
| Current Liabilities | |||
| Unsecured Loans | 27,389,999 | 27,499,849 | 27,915,894 |
| Trade and Other Payables | 956,113,150 | 1,070,459,784 | 1,073,673,219 |
| Employee Benefit and Provisions | 23,162,811 | 20,189,726 | 259,464,723 |
| Total Current Liabilities | 1,006,665,960 | 1,118,149,359 | 1,361,053,836 |
| Total Liabilities | 1,543,259,845 | 1,272,296,158 | 1,562,915,008 |
| Total Equity and Liabilities | 3,839,844,314 | 3,601,445,928 | 4,653,009,429 |
Statement of Profit & Loss Account
| Particulars | Unaudited for the period ended 30-Sep-26 | Unaudited for the period ended 16-Jul-26 | Unaudited for the period ended 30-Sep-25 |
|---|---|---|---|
| Revenue from Operations | - | 171,942,654 | 171,044,676 |
| Other Income | 7,501,596 | 244,279,280 | 32,776,200 |
| Total Income | 7,501,596 | 416,221,934 | 203,820,876 |
| Operational Expense and Other Costs of Operation | 16,336,452 | 251,120,516 | 155,995,320 |
| Administrative Overhead | 8,829,959 | 87,116,605 | 48,311,777 |
| Profit Before Depreciation, Amortisation and Tax | (17,664,815) | 77,984,813 | (486,220) |
| Depreciation and Amortization Expenses | 14,900,486 | 84,968,041 | 23,256,662 |
| Net Loss on Damage/Derecognition of PPE | - | 698,805,358 | - |
| Profit Before Tax | (32,565,301) | (705,788,586) | (23,742,882) |
| Current tax | - | - | - |
| Deferred tax (Income)/ Expense | - | - | - |
| Profit After Tax | (32,565,301) | (705,788,586) | (23,742,882) |
Note: If the Statutory audit or supervisory authority notify and remarks to change the financial statement the same shall be changed accordingly
Taragaon Regency Hotels Limited
M/s Taragaon Regency Hotels Ltd.
Boudha, Kathmandu, Nepal, Phone: 5171234, 4917123, Fax: 5178333
Report for the First Quarter of Financial Year 2083/084 as per Schedule-14 Related to Rule 26(1) of Securities Registration and Issue Regulations, 2064.
1. Financial Statements:
a) Statements regarding Balance Sheet, Profit and Loss of the Quarter:
The un-audited financial statement of the first quarter of the current fiscal year 2083/084 for the period from 16 July 2026 to 30 September 2026 prior to statutory audit, and comparative financial statements of the same period of previous fiscal year 2082/083 prior to statutory audit are presented in Schedule-1.
b) Major Financial Ratios are as follows:
| Particulars | FY 2083/084 First Quarter Period (Unaudited) | FY 2082/083 First Quarter Period (Unaudited) |
|---|---|---|
| Earnings Per Share (Loss) | (1.66) | (1.21) |
| Net Worth Per Share | 117.05 | 157.99 |
| P/E ratio | (489.55) | (708.06) |
| Total Assets Value Per Share | 295.70 | 237.14 |
| Liquidity Ratio | 0.97 | 2.02 |
2) Management Analysis:
(a) Hotel's Operational Status: During the vandalism, looting, and arson incidents that occurred during the protest and unrest on 9 September 2025, significant physical damage was caused to this hotel. Due to those incidents, a situation arose where the regular business operations of the hotel had to be suspended. Necessary repair and maintenance, reconstruction, and upgrading work required to bring the hotel back into operation are currently underway.
Since it is not possible to conduct regular business operations without fully repairing and maintaining the hotel and reinstating the necessary infrastructure and service facilities, the hotel's regular business operation could not resume till the first quarter of fiscal year 2083/084.
(b) Financial Performance of the Quarterly Period: In the first quarter of fiscal year 2083/084, the company earned total income of Rs. 0.75 crore, which is significantly lower compared to the income of Rs. 20.38 crore in the same period of the previous fiscal year 2082/083. The entire income received during this period was obtained from non-operating sources rather than the hotel's regular business operations.
Due to the closure of hotel's business operations, no operating revenue was earned from the main business of the hotel in this quarterly period. Therefore, the income of this period cannot be taken as income representing the regular business operations of the hotel.
The company suffered an operational loss of Rs. 3.25 crore in the first quarter of the current fiscal year, whereas the operational loss in the same period of the previous fiscal year was Rs. 2.37 crore. Although no operating income was received, costs related to hotel repair, maintenance, and reconstruction, as well as other necessary administrative and operational continuity expenses had to be incurred, which adversely affected the financial results of the company.
(c) Impact on Tourism and Hospitality Business: This hotel, which has been making a significant contribution to the tourism and hospitality sector of Nepal, has experienced direct impacts on its business activities and financial performance due to the physical damage caused by the event of 9 September 2025. Because regular operations of the hotel had to be suspended, revenue sources have been affected, adding challenges to the company's financial situation. However, the company remains committed to restoring the hotel's infrastructure, physical structures, and service facilities to their previous state and upgrading them further as required.
(d) Future Plans and Management Efforts: Repair and maintenance, reconstruction, and upgrading activities of the hotel are progressing rapidly. The company is carrying out necessary work with the target of bringing the hotel back into commercial operation within the current fiscal year. However, the reopening of the hotel will depend on the timely completion of necessary repair, maintenance, and technical works. With the objective of repairing physical structures, upgrading service facilities, and providing national and international hospitality services, the company is mobilizing significant financial resources. Alongside this, efforts are ongoing to expedite reconstruction works in coordination with various national and international service providers, technical consultants, and concerned bodies. Management aims to bring the hotel back into operation as soon as possible, gradually return its business activities to normal, re-establish future prospects, and improve financial performance. Management believes that successful reopening and subsequent operations will re-strengthen the company's established business identity and market position in Nepal's tourism and hospitality sector in the coming period.
3) Details Regarding Legal Proceedings:
a) No lawsuit has been filed by the company against anyone during the first quarter of FY 2083/084, nor has the company received information about any lawsuit filed against it.
b) No information has been received by the company regarding any case filed by or against the promoter or director of the company concerning violation of prevailing rules or criminal offenses.
c) No information has been received regarding any case filed against the promoter or director of the company concerning economic crimes.
4) Analysis Regarding Share Transactions of the Organised Institution:
a) Fluctuation in share transactions occurs according to the prices and principles established by the open market. The management's view on share transactions remains neutral.
b) The maximum, minimum, closing price, total trading days, and total number of transactions during the quarterly period are as follows:
| Particulars | FY 2083/084 First Quarter | FY 2082/083 First Quarter |
|---|---|---|
| Maximum Price Rs. | 853.90 | 1,086.30 |
| Minimum Price Rs. | 763.00 | 807.50 |
| Closing Price | 812.50 | 859.80 |
Total Trading Days 49 43
| Total Number of Transactions | 1,332 | 3,851 |
| Total Traded Shares | 298,774 | 388,039 |
5) Problems and Challenges:
a) Problems and Challenges:
(a.1) Internal Problems: Although there are no internal problems in this company, bringing the hotel fully back into operation after completing repairs and maintenance as quickly as possible remains a major challenge.
(a.2) External Problems:
- Delays and slowness in obtaining necessary approvals from government bodies when making payments for service fees to foreign parties for importing goods and services needed for essential repairs to establish the hotel as an international-standard tourism destination impact repair and maintenance work,
- Frequent political demonstrations in the country sending messages to the international community that Nepal is not safe for tourists negatively impacts the tourism sector,
- As tourism is a sensitive business, lack of concrete government policies and concessions to reconstruct and bring into operation the businesses of hotel operators who suffered damage during the protest of Bhadra 24,
- Lack of development and upgrading of tourism-related physical infrastructure and lack of easily accessible transportation facilities,
- Fluctuations in foreign currency exchange rates,
- National and international events occurring unexpectedly from time to time that adversely affect the tourism business,
- Impact of natural and divine disasters such as earthquakes, floods, landslides, and fires that directly affect tourist arrivals, physical infrastructure, and operations.
(b) Strategy:
- Fully repair and maintain the hotel, upgrade service facilities provided to guests, bring about timely improvements, and establish Taragaon Regency Hotels as the first choice hotel for domestic and foreign guests.
- Increase attraction to conduct corporate meetings, social, educational, and musical events within the hotel premises.
- Provide various necessary trainings to hotel employees after the hotel reopens to enable them to deliver high-level service to guests.
- Raise financial resources for hotel repair and maintenance, cut expenses, provide international-quality service and facilities to domestic and foreign customers, and bring the hotel into operation as quickly as possible to achieve target revenue.
6) Institutional Governance:
This company has fully complied with prevailing laws and acts, standards of Nepal and International Accounting Standards, and rules, regulations, directives, and circulars issued by regulatory bodies from time to time. Additionally, to keep internal control and regulation systems prompt, reduce operational risks, and make transactions more transparent and systematic, various internal policies and rules have been implemented. The company's Audit Committee submits independent audit reports to the Board of Directors, and the Board of Directors provides necessary directives. Officials of high management, including the Board of Directors and Audit Committee, work day and night from their respective positions for the progress of the company, and various internal committees remain continuously active to perform result-oriented tasks.
7) Declaration by Chairman / Chief Executive Officer regarding Truthfulness and Accuracy:
I personally take responsibility for the accuracy of the information and details mentioned in this report. Furthermore, to the best of my knowledge and belief, I declare that the details mentioned in this report are true, factual, and complete, and no details, information, or data necessary for investors to make informed decisions have been concealed.
Schedule-1
Statement of Financial Position
| Particulars | Unaudited As of 30-Sep-26 | Unaudited As of 16-Jul-26 | Unaudited As of 30-Sep-25 |
|---|---|---|---|
| Assets | |||
| Non Current Assets: | |||
| Property, Plant and Equipment | 977,232,782 | 990,761,877 | 1,741,839,914 |
| Right of Use | 33,508,000 | 33,923,231 | 35,501,971 |
| Intangible Assets | 2,935,048 | 3,341,658 | 5,022,053 |
| Work in Progress | 1,396,978,774 | 1,199,482,793 | 112,996,707 |
| Advance to Supplier-Capital Works | 448,358,330 | 148,748,062 | - |
| Total Non-Current Assets | 2,859,012,934 | 2,376,257,621 | 1,895,360,645 |
| Current Assets: | |||
| Inventories | 7,655,413 | 7,807,205 | 11,501,139 |
| Trade and Other Receivables | 7,204,232 | 17,651,566 | 203,799,326 |
| Advance & Deposit | 344,367,919 | 338,988,501 | 328,284,078 |
| Investment | 600,094,445 | 800,594,445 | 1,565,994,445 |
| Cash and Cash Equivalents | 21,509,371 | 60,146,590 | 648,069,796 |
| Total Current Assets | 980,831,380 | 1,225,188,307 | 2,757,648,784 |
| Total Assets | 3,839,844,314 | 3,601,445,928 | 4,653,009,429 |
| Equity & Liabilities | |||
| Equity: | |||
| Share Capital | 1,962,120,160 | 1,962,120,160 | 1,962,120,160 |
| Reserves | 334,464,309 | 367,029,610 | 1,127,974,261 |
| Total Equity | 2,296,584,469 | 2,329,149,770 | 3,090,094,421 |
| Liabilities: | |||
| Non Current Liabilities: | |||
| Secured Loan | 383,650,000 | - | - |
| Employee Benefits | 42,269,291 | 40,883,125 | 67,542,056 |
| Deferred Tax Liabilities | 65,516,561 | 68,067,445 | 89,133,120 |
| Lease Liability | 45,158,033 | 45,196,229 | 45,185,996 |
| Total Non-Current Liabilities | 536,593,885 | 154,146,799 | 201,861,172 |
| Current Liabilities | |||
| Unsecured Loans | 27,389,999 | 27,499,849 | 27,915,894 |
| Trade and Other Payables | 956,113,150 | 1,070,459,784 | 1,073,673,219 |
| Employee Benefit and Provisions | 23,162,811 | 20,189,726 | 259,464,723 |
| Total Current Liabilities | 1,006,665,960 | 1,118,149,359 | 1,361,053,836 |
| Total Liabilities | 1,543,259,845 | 1,272,296,158 | 1,562,915,008 |
| Total Equity and Liabilities | 3,839,844,314 | 3,601,445,928 | 4,653,009,429 |
Statement of Profit & Loss Account
| Particulars | Unaudited for the period ended 30-Sep-26 | Unaudited for the period ended 16-Jul-26 | Unaudited for the period ended 30-Sep-25 |
|---|---|---|---|
| Revenue from Operations | - | 171,942,654 | 171,044,676 |
| Other Income | 7,501,596 | 244,279,280 | 32,776,200 |
| Total Income | 7,501,596 | 416,221,934 | 203,820,876 |
| Operational Expense and Other Costs of Operation | 16,336,452 | 251,120,516 | 155,995,320 |
| Administrative Overhead | 8,829,959 | 87,116,605 | 48,311,777 |
| Profit Before Depreciation, Amortisation and Tax | (17,664,815) | 77,984,813 | (486,220) |
| Depreciation and Amortization Expenses | 14,900,486 | 84,968,041 | 23,256,662 |
| Net Loss on Damage/Derecognition of PPE | - | 698,805,358 | - |
| Profit Before Tax | (32,565,301) | (705,788,586) | (23,742,882) |
| Current tax | - | - | - |
| Deferred tax (Income)/ Expense | - | - | - |
| Profit After Tax | (32,565,301) | (705,788,586) | (23,742,882) |
Note: If the Statutory audit or supervisory authority notify and remarks to change the financial statement the same shall be changed accordingly