Go Premium — real-time NEPSE signals & analyticsAdvertisement
आधिकारिक सूचनाOfficial AnnouncementDividend, Bonus & Rights
4 Aug, 2026
अप्पर स्याङ्गे हाइड्रोपावरद्धारा हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त

अप्पर स्याङ्गे हाइड्रोपावरद्धारा हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तUpper Syange Hydropower Appoints Issue Manager for Right Share Issuance

वर्ग:Category:
Dividend, Bonus & Rights
प्रकाशित मिति:Published:
Published on August 4, 2026

मिति: २०८३/०४/१५

चलानी नं: USHL-06-2083-84

श्री नेपाल धितोपत्र बोर्ड

खुमलटार, ललितपुर ।

श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड

सिंहदरबार प्लाजा, काठमाडौ ।

श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड

पुतलीसडक, काठमाडौ ।

विषय: हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गरिएको ।

महोदय,

यस कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु २२,००,००,००० को १:१ (१ बराबर १) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको मिति २०८२ असोज ९ गते बसेको नवौँ वार्षिक साधारण सभाले स्वीकृत गरेको हुदाँ सोही अनुसार हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनको लागि कम्पनीको मिति २०८३।०४।१४ गते बसेको संचालक समितिको निर्णयबाट हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गर्ने निर्णय गरेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

बोधार्थ

१) श्री माछापुच्छ्रे क्यापिटल लिमिटेड, बागदरबार, काठमाडौँ ।

भवदीय,

श्री बिर बहादुर घले

प्रबन्ध संचालक

Date: 2083/04/15

Ref No.: USHL-06-2083-84

To,

Securities Board of Nepal

Khumaltar, Lalitpur.

Nepal Stock Exchange Limited

Singhadurbar Plaza, Kathmandu.

CDS and Clearing Limited

Putalisadak, Kathmandu.

Subject: Appointment of Sales Manager for Right Share Issuance.

Dear Sir/Madam,

This is to inform that as the proposal to issue right shares in the ratio of 1:1 (1 equals 1) on the company's currently maintained paid-up capital of Rs. 22,00,00,000 was approved by the Ninth Annual General Meeting held on 2082 Ashwin 9, as per the decision of the Board of Directors meeting held on 2083।04।14, NIMB Ace Capital Limited has been appointed as the issue and sales manager for the purpose of issuing right shares.

Cc:

1) Machhapuchchhre Capital Limited, Bagbazar, Kathmandu.

Yours sincerely,

Bir Bahadur Ghale

Managing Director

Advertisement