काठमाडौँ — रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको उक्त परिमाणको शेयर बिक्रीका लागि निवेदन दिएपछि इन्स्योरेन्सले ३५ दिने सूचना जारी गरेको हो।
बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २ सय ५० रुपैयाँ तोकिएको छ। कानुनी प्रावधानअनुसार संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरूलाई नै पहिलो प्राथमिकता दिनुपर्ने भएकाले हाल कम्पनीका कायम संस्थापक शेयरधनीहरूका लागि खरिद आवेदन खुला गरिएको हो।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या र कबोल गरेको मूल्य खुलाई काठमाडौँको ज्ञानेश्वरस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।
आवेदन दिँदा नागरिकता र राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, आयस्रोत खुल्ने कागजात, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र तथा कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको प्रमाण अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। संगठित संस्था वा कम्पनीको हकमा भने दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली र स्थायी लेखा नम्बर (प्यान) को प्रतिलिपिसमेत बुझाउनुपर्नेछ।
तोकिएको ३५ दिनको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा वा पूर्ण रूपमा बिक्री नभएमा प्रचलित कानुनबमोजिम अन्य योग्य व्यक्ति तथा सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।
KATHMANDU — Reliable Nepal Life Insurance Limited has put 4,677,120 units of promoter shares up for sale. The insurer issued a 35-day notice after its promoter shareholder, Global IME Bank Limited, applied to sell the stated volume of shares under its ownership.
The minimum price for the shares on sale has been fixed at Rs 250 per unit. In accordance with existing legal provisions that grant first priority to existing promoter shareholders during the sale of promoter-group shares, purchase applications have initially been opened exclusively for the company's current promoters.
Interested existing promoter shareholders must submit an application to the company’s head office in Gyaneshwor, Kathmandu, within 35 days from the date of notice publication, specifying the desired number of shares and the quoted price.
Applicants are required to attach copies of their citizenship certificate and national identity card, documents verifying their source of income, a tax clearance certificate for the latest fiscal year, and proof of not being blacklisted by the Credit Information Bureau. Corporate or institutional applicants must additionally submit copies of their registration certificate, memorandum of association, articles of association, and Permanent Account Number (PAN).
The company clarified that if applications are not received from existing promoter shareholders within the stipulated 35-day period, or if the shares remain unsold, the process will move forward to sell the remaining shares to other eligible individuals and the general public in line with prevailing laws.