
नेप्सेको अध्यक्षमा अमृत लम्साल नियुक्तAmrit Lamsal Appointed Chairman of Nepal Stock Exchange (NEPSE)
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन्।
वैशाख १५ गतेदेखि अध्यक्षविहीन रहेको नेप्सेमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले लम्साललाई अध्यक्षको जिम्मेवारी दिएका हुन्। लामो समयदेखि रिक्त रहेको पदमा नयाँ नियुक्तिसँगै नेप्सेको नेतृत्वले निरन्तरता पाएको छ।
लम्साल हाल नेपाल रिइन्स्योरेन्स कम्पनी का अध्यक्षसमेत रहेका छन्। साथै, उनी नेपाल बैंक लिमिटेड को सञ्चालक समितिमा सरकारका तर्फबाट प्रतिनिधित्व गर्दै आएका छन्।
अर्थ मन्त्रालयका अनुभवी सहसचिवका रूपमा परिचित लम्सालको नियुक्तिपछि पूँजीबजारसँग सम्बन्धित नीतिगत तथा संस्थागत सुधारका कामले गति लिने अपेक्षा गरिएको छ। लगानीकर्ताले पनि नयाँ नेतृत्वबाट बजारको पारदर्शिता, सुशासन र विकासमा सकारात्मक पहल हुने विश्वास व्यक्त गरेका छन्।
Kathmandu: The Government of Nepal has appointed Amrit Lamsal, Joint Secretary at the Ministry of Finance, as the Chairman of the Nepal Stock Exchange (NEPSE).
The position had remained vacant since Baisakh 15 (April/May), and Finance Minister Swarnim Wagle assigned Lamsal to lead the country's stock exchange.
Lamsal currently also serves as the Chairman of Nepal Reinsurance Company Limited and represents the Government of Nepal on the Board of Directors of Nepal Bank Limited.
His appointment is expected to provide continuity in NEPSE's leadership and support ongoing efforts to strengthen Nepal's capital market through improved governance, transparency, and institutional development.



