
1 min read
Latest News
दुई गोलले पछि परेको अर्जेन्टिना शानदार कमब्याक गर्दै विश्वकपको क्वाटरफाइनलमाArgentina Stages Stunning Comeback to Reach World Cup Quarterfinals
काठमाडौं। साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। यससँगै कप्तान लियोनल मेसीको विश्वकप यात्रा पनि जारी रहँदै टोली क्वाटरफाइनलमा पुगेको छ।
एटलान्टामा भर्खरै सम्पन्न अन्तिम–१६ को खेलमा यासेर इब्राहिम र मोस्तफा जिकोले गोल गर्दै इजिप्टलाई २–० को अग्रता दिलाएका थिए। यसबीच मेसीले पाएको पेनाल्टी पनि गोलकिपर मोस्तफा शोबेरले बचाएका थिए।
तर खेलको अन्तिम ११ मिनेट र इन्जुरी समय अर्जेन्टिनाका लागि ऐतिहासिक बन्यो। क्रिस्टियन रोमेरोले हेडरमार्फत पहिलो गोल गर्दै पुनरागमनको संकेत दिए।
त्यसपछि मेसीले शानदार हाफ–भलीमार्फत बराबरी गोल गरे भने इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले उत्कृष्ट हेडर गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए।
यो गोलसँगै मेसीले लगातार नवौं विश्वकप खेलमा गोल गर्ने कीर्तिमान कायम गरे। साथै उनले यस संस्करणमा आफ्नो गोल संख्या आठ पुर्याउँदै गोल्डेन बुट दौडमा फेरि अग्रता बनाए।
खेल सकिएपछि मेसी भावुक बनेका थिए। उनले आँसु झार्दै आफ्ना टोलीका साथीहरूलाई अँगालो हाले।
पराजयपछि इजिप्टले भने रेफ्रीको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ। दोस्रो हाफको सुरुआतमै मोहमद सलाहको पासमा मोस्तफा जिकोले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को हस्तक्षेपपछि फाउल देखाउँदै रद्द गरिएको थियो। उक्त निर्णय निकै विवादास्पद बनेको थियो।
अर्जेन्टिनाको विजयी गोलपछि इजिप्टको प्रशिक्षक टोलीका एक सदस्यले रातो कार्ड पनि पाए। अब अर्जेन्टिनाले शनिबार हुने क्वाटरफाइनलमा कोलम्बिया वा स्विट्जरल्यान्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।
अन्तिम–३२ मा केप भर्डमाथि ३–२ को कठिन जित निकालेपछि प्रशिक्षक लियोनल स्कालोनीले टोलीमा केही परिवर्तन गरेका थिए। निकोलस टालियाफिको, लियान्द्रो परेडेस र जुलियन अल्भारेजलाई सुरुआती रोजाइमा राखिए पनि अर्जेन्टिनाले फेरि सुस्त सुरुआत गर्यो।
मारवान अट्टियाको क्रसलाई यासेर इब्राहिमले हेडमार्फत गोल गर्दै इजिप्टलाई अग्रता दिलाए।
त्यसको पाँच मिनेटपछि टालियाफिकोलाई पेनाल्टी क्षेत्रमा हैसेम हसनले लडाए,
Former champion Argentina has reached the quarterfinals of the 2026 FIFA World Cup. Argentina made an incredible comeback from being two goals down to defeat Egypt 3-2.
In the recently concluded round of 16 match in Atlanta, Yasser Ibrahim and Mostafa Ziko scored to give Egypt a 2-0 lead. Meanwhile, a penalty awarded to Messi was saved by goalkeeper Mostafa Shobair.
However, the last 11 minutes and injury time of the game became historic for Argentina. Christian Romero scored the first goal with a header, signaling a comeback.
Then, Messi scored an equalizer with a brilliant half-volley, and in the second minute of injury time, Enzo Fernandez scored an excellent header to give Argentina a thrilling 3-2 win.
With this goal, Messi set a record for scoring in nine consecutive World Cup games. He also increased his goal tally to eight in this edition, once again taking the lead in the Golden Boot race.
After the game, Messi became emotional, hugging his teammates with tears in his eyes.
On the other hand, Egypt expressed strong dissatisfaction with the referee's decision. In the beginning of the second half, a goal scored by Mostafa Ziko from a pass by Mohamed Salah was disallowed due to a foul after a video assistant referee (VAR) intervention. This decision became highly controversial.
After Argentina's winning goal, a member of Egypt's coaching staff also received a red card. Now, Argentina will face either Colombia or Switzerland in the quarterfinals on Saturday.
After a hard-fought 3-2 win over Cape Verde in the round of 32, coach Lionel Scaloni made some changes to the team. Nicolas Tagliafico, Leandro Paredes, and Julian Alvarez were included in the starting lineup, but Argentina still made a slow start.
Yasser Ibrahim scored a header from a cross by Marwan Attia to give Egypt the lead.
Five minutes later, Tagliafico was fouled by Haisam Hassan in the penalty area,




