NEPSEtrading

Live NEPSE data, charts, broker analysis and portfolio tools for investors in Nepal.

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Marketminds Investment Group Private Limited

Registration
DOIB certificate no. 4680-2081/2082
Editor-in-chief
Dipesh Ghimire, Director
9802363868, 9851119988
Office
Koteshwor 32, Kathmandu
Phone
01-5253221, +977 9709066745
Email

Contact support

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

Get the app

Markets, signals and alerts on your phone.

Get it onGoogle Play

More from NEPSE Trading

  • Stock EducationFree share market courses
  • EconomyNepal and world economic data
  • BFIS CompareBank rates, loans and insurance
  • Nepal's CapitalsMutual fund NAV and dividends
  • JobsNepalJobs in Nepal

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

© 2026 nepsetrading.com. All rights reserved. Owned and operated by Marketminds Investment Group Private Limited.·Charts powered by TradingView

  • Portfolio
  • Explore
  • Calendar
  • Chart
  • Social
  • News
  • Account
  1. News
  2. Stock
  3. Asia to Host Its First 'Finance in Common Summit' in 2027: Eyes Mobilization of $23 Trilli...

२३ खर्ब डलर लगानी परिचालनको लक्ष्यसहित एसियामा पहिलोपटक 'फाइनान्स इन कमन समिट' हुँदैAsia to Host Its First 'Finance in Common Summit' in 2027: Eyes Mobilization of $23 Trillion for Sustainable Development

NEPSE TRADINGUpdated on September 27, 20262 min read
२३ खर्ब डलर लगानी परिचालनको लक्ष्यसहित एसियामा पहिलोपटक 'फाइनान्स इन कमन समिट' हुँदै

विश्वभरका सार्वजनिक विकास बैंकहरूले व्यवस्थापन गरिरहेको करिब २३ खर्ब अमेरिकी डलर बराबरको विशाल पुँजीलाई दिगो विकास र जलवायु अनुकूलनका क्षेत्रमा परिचालन गर्ने उद्देश्यले एसियामा पहिलोपटक 'फाइनान्स इन कमन समिट' (FiCS) आयोजना हुने भएको छ। एसियाली विकास बैंक (एडीबी) को सहआयोजनामा सन् २०२७ मार्च ३१ देखि अप्रिल २ सम्म थाइल्यान्डको राजधानी बैंककमा उक्त विश्वव्यापी सम्मेलन हुन लागेको हो। यस सम्मेलनमा विश्वभरका ५ सयभन्दा बढी सार्वजनिक विकास बैंकका प्रमुखहरूसहित करिब २ हजार प्रतिनिधिको जमघट हुने तय भएको छ।

'थप उत्थानशील भविष्यका लागि दिगो वृद्धिको प्राप्ति' (डेलिभरिङ सस्टेनेबल ग्रोथ फर अ मोर रेजिलियन्ट फ्युचर) भन्ने मूल नाराका साथ बैंककस्थित संयुक्त राष्ट्रसङ्घीय सम्मेलन केन्द्रमा आयोजना हुने यस छैटौँ संस्करणले बढ्दो विश्वव्यापी आर्थिक सङ्कट र जलवायु परिवर्तनका मुद्दालाई केन्द्रमा राख्नेछ। विश्व अर्थतन्त्रमा भूराजनीतिक तथा आर्थिक विभाजन बढिरहेको र सरकारहरूको आन्तरिक वित्तीय स्रोतमाथि चरम दबाब परिरहेको वर्तमान अवस्थामा, यस सम्मेलनलाई वैकल्पिक तथा नवीन वित्तीय स्रोत जुटाउने महत्त्वपूर्ण मञ्चका रूपमा हेरिएको छ। सरकार, नियामक निकाय, संस्थागत लगानीकर्ता, नागरिक समाज र निजी क्षेत्रका प्रतिनिधिहरू एउटै थलोमा भेला भई एसिया तथा प्रशान्त क्षेत्रमा लगानीका नयाँ अवसरहरू पहिल्याउने एडीबीले जनाएको छ।

सम्मेलन परम्परागत छलफलमा मात्र सीमित नभई ठोस परियोजना पहिचान र नवीन वित्तीय उपकरणहरूको विकासमा केन्द्रित हुने बताइएको छ। विशेषगरी जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, स्वच्छ तथा नवीकरणीय ऊर्जाको विस्तार, हरित पूर्वाधार निर्माण र यसमा निजी क्षेत्रको पुँजी कसरी आकर्षित गर्ने भन्ने विषय सम्मेलनका मुख्य एजेन्डा हुन्। यसका साथै, विभिन्न वित्तीय संस्थाहरूबीच लगानी गर्दा हुनसक्ने दोहोरोपना (डुप्लिकेसन) घटाएर सहलगानी (को-फाइनान्सिङ) र परियोजना साझेदारी बढाउने रणनीतिमाथि पनि गम्भीर मन्थन हुनेछ। आर्थिक सङ्कटका बेला पनि दीर्घकालीन प्रकृतिका पूर्वाधार लगानीलाई कसरी निरन्तरता दिने भन्ने विषयलाई उच्च प्राथमिकतामा राखिनेछ।

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा देखिएका विद्यमान चुनौतीहरू औँल्याउँदै एडीबीका अध्यक्ष मासातो कान्डाले यस सम्मेलनको दूरगामी महत्त्व रहेको प्रस्ट पारेका छन्। विकासका आवश्यकताहरू दिनानुदिन चुलिँदै गएको परिप्रेक्ष्यमा सार्वजनिक विकास बैंकहरूले आफ्नो सम्पूर्ण वित्तीय क्षमताको उच्चतम प्रयोग गर्नुपर्ने बेला आएको उनको भनाइ छ। "बैंककमा हुने नीतिगत निर्णय र प्रतिबद्धताहरूले आगामी पुस्ताका अर्बौँ मानिसको आर्थिक अवसर र मानवीय सुरक्षामा प्रत्यक्ष प्रभाव पार्नेछ," अध्यक्ष कान्डाले भनेका छन्।

सन् २०२० मा फ्रान्सको पेरिसबाट सुरु भएको 'फाइनान्स इन कमन' विश्वभरका सार्वजनिक विकास बैंकहरूको सबैभन्दा ठूलो सञ्जाल हो। हाल यस सञ्जालमा करिब ५ सय ४० वटा यस्ता बैंक तथा वित्तीय संस्था आबद्ध छन्, जसले वार्षिक रूपमा करिब साढे दुई खर्ब अमेरिकी डलर बराबरको लगानी विश्व बजारमा परिचालन गर्दै आएका छन्। पेरिसपछि इटालीको रोम, आइभोरी कोस्टको अबिदजान, कोलम्बियाको कार्टाजेना र दक्षिण अफ्रिकाको केप टाउनमा सम्पन्न भइसकेको यो प्रतिष्ठित सम्मेलन छैटौँ संस्करणसम्म आइपुग्दा पहिलोपटक एसियाली भूमिमा हुन लागेको हो। यसले विश्वव्यापी लगानीको सम्भावना र केन्द्रबिन्दु क्रमशः एसियातर्फ ढल्किँदै गएको बलियो संकेतसमेत गरेको छ।

KATHMANDU: In a strategic move to leverage a staggering $23 trillion in assets managed by public development banks globally, the Asian Development Bank (ADB) is set to co-host the sixth 'Finance in Common Summit' (FiCS) in Bangkok, Thailand. Scheduled for 2027, this marks the first time the premier global gathering of development financiers will be held in the Asian region, signaling a shift in the epicenter of global sustainable investment.

Under the overarching theme of "Delivering Sustainable Growth for a More Resilient Future," the summit will convene from March 31 to April 2, 2027, at the United Nations Conference Centre. The high-profile event is expected to draw over 2,000 delegates, bringing together the heads of more than 500 public development banks alongside government officials, regulatory bodies, institutional investors, civil society representatives, and international organizations.

Against the backdrop of a fragmenting global economy and severe constraints on the domestic fiscal resources of national governments, the summit is being positioned as a critical platform to unlock alternative and innovative financing. According to the ADB, the gathering will move beyond traditional dialogues to focus on concrete project identification and the creation of tangible investment opportunities across the Asia-Pacific region. Central to the agenda are strategies to scale up climate-resilient infrastructure, accelerate the transition to clean energy, foster green investments, and aggressively mobilize private-sector capital.

The summit will also address systemic inefficiencies within global development finance. Policymakers and bank executives will deliberate on mechanisms to minimize operational duplication among financial institutions, promote co-financing, and ensure that long-term infrastructure investments remain uninterrupted even during periods of severe economic crisis.

Highlighting the urgency of the current global economic climate, ADB President Masato Kanda emphasized that as international divisions deepen and development needs skyrocket, public development banks must unlock their full financial capacity. The policy frameworks and financial commitments forged in Bangkok, Kanda noted, will have a profound and direct impact on the economic opportunities and human security of billions of people for generations to come.

Initiated in Paris in 2020, the Finance in Common initiative has rapidly grown into the largest global network of its kind, comprising approximately 540 public development banks. Collectively, these institutions mobilize an estimated $2.5 trillion annually in the global market. Following successful previous editions in Rome, Abidjan, Cartagena, and Cape Town, the summit’s upcoming Asian debut underscores the region's growing centrality in shaping the future of global development finance and climate action.

Trending News

  • नाफा सुरक्षित गर्ने होडले नेप्सेमा १०.८९ अंकको विश्राम, प्राविधिक सूचक भन्छन्— 'बजार अझै सुरक्षित जोनमै'Profit-Booking Triggers a 10.89-Point Pause in NEPSE; Technical Indicators Signal Market Remains in a Safe Zone

    NEPSE TRADING26 Nov, 2026

  • मनि वर्ल्ड सेक्युरिटिज तीन दिनका लागि निलम्बितMoney World Securities Suspended for Three Days

    NEPSE TRADING26 Nov, 2026

  • दुई जलविद्युत् कम्पनीको आईपीओ पाइपलाइनमा, ८० लाख ७७ हजार कित्ता सेयर आउनेTwo Hydropower Companies in IPO Pipeline to Issue Over 8 Million Shares

    NEPSE TRADING26 Nov, 2026

Related News

  • नाफा सुरक्षित गर्ने होडले नेप्सेमा १०.८९ अंकको विश्राम, प्राविधिक सूचक भन्छन्— 'बजार अझै सुरक्षित जोनमै'Profit-Booking Triggers a 10.89-Point Pause in NEPSE; Technical Indicators Signal Market Remains in a Safe Zone
  • मनि वर्ल्ड सेक्युरिटिज तीन दिनका लागि निलम्बितMoney World Securities Suspended for Three Days
  • दुई जलविद्युत् कम्पनीको आईपीओ पाइपलाइनमा, ८० लाख ७७ हजार कित्ता सेयर आउनेTwo Hydropower Companies in IPO Pipeline to Issue Over 8 Million Shares
  • ३० हजार मेगावाट लक्ष्य पूरा गर्न नयाँ ऊर्जा मिश्रणको खाका बन्दैNew Energy Mix Framework Underway to Meet 30,000 MW Target
  • दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनLast Day Today to Secure Dividends of Two Companies