काठमाडौं — एनएमबि बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज (मंसिर १० गते) अन्तिम दिन रहेको छ । दुवै संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर ११ गते बुकक्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेप्सेमा सेयर खरिद गरी कायम रहने लगानीकर्ताले मात्र लाभांश र सभामा सहभागिताको अवसर पाउनेछन् ।
एनएमबि बैंक लिमिटेडले मंसिर २५ गते शुक्रबार आफ्नो ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभाले हाल कायम चुक्ता पुँजीको करसहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मंसिर २३ गते बुधबार बिहान ९ बजे कास्कीको पोखरास्थित लेकसाइडमा १४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभाले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५० प्रतिशत नगद गरी कुल ९.५० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने कार्यसूची तय गरेको छ ।
Kathmandu — Today (Mangsir 10) marks the final day for investors to secure the proposed dividends of NMB Bank and Global IME Laghubitta Bittiya Sanstha. As both institutions have decided to close their shareholders' registers (book close) on Mangsir 11 for their upcoming Annual General Meetings (AGMs) and dividend distribution, only shareholders holding shares traded on NEPSE up to today will be eligible to receive the dividends and participate in the assemblies.
NMB Bank Limited has convened its 31st Annual General Meeting for Friday, Mangsir 25. The assembly will endorse a proposal to distribute a 7 percent cash dividend (including tax) from its existing paid-up capital.
Meanwhile, Global IME Laghubitta Bittiya Sanstha has called its 14th Annual General Meeting for Wednesday, Mangsir 23, starting at 9:00 AM at Lakeside in Pokhara, Kaski.
The meeting has set an agenda to endorse a special proposal for distributing a total dividend of 9.50 percent—comprising 6 percent bonus shares and 3.50 percent cash dividend for tax purposes—on its current paid-up capital.