काठमाडौं — स्थानीय बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले उकालो लागेको हो ।
महासंघले बिहीबारका लागि सुनको कारोबार मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, बिहीबार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३ हजार ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
Kathmandu — The prices of both gold and silver increased in the local market on Thursday. According to the Federation of Nepal Gold and Silver Dealers' Association, the price of hallmark gold rose by Rs. 1,400 per tola.
The federation set the trading price of gold at Rs. 242,800 per tola for Thursday. On the previous day, Wednesday, gold was traded at Rs. 241,400 per tola.
Similarly, the price of silver also increased by Rs. 35 per tola on Thursday. Silver, which was traded at Rs. 3,040 per tola on Wednesday, is being bought and sold at Rs. 3,075 per tola today, the federation stated.