
1 min read
Latest News
आइपीओ तयारीमा रहेको एसियन ब्याट्रिजको ६५ करोड आम्दानी, नयाँ प्लान्टमार्फत उत्पादन क्षमता विस्तार गर्दैAsian Batteries Prepares for IPO with Rs 6.5 Billion Revenue, Expands Production Capacity with New Plant
एसियन ब्याट्रिज लिमिटेडले उत्पादन क्षमता विस्तारलाई तीव्रता दिँदै ५३ करोड रुपैयाँ लागतको नयाँ ब्याट्री उत्पादन प्लान्ट निर्माणलाई अघि बढाएको छ । पूर्ण स्वचालित ‘भल्भ रेगुलेटेड लेड एसिड (भीआरएलए)’ प्रविधिमा आधारित उक्त प्लान्टको करिब ३० प्रतिशत वित्तीय प्रगति सम्पन्न भइसकेको छ भने सन् २०२७ जनवरीको मध्यबाट व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको ११ महिनामै ६५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले सन् २०२५ मा ६२ करोड १० लाख रुपैयाँ, सन् २०२४ मा ५१ करोड ७० लाख रुपैयाँ तथा सन् २०२३ मा ४३ करोड रुपैयाँ आम्दानी गरेको थियो।
चालु आर्थिक वर्षको ११ महिनामै कम्पनीले अघिल्लो वर्षको कुल आम्दानीलाई उछिनेको छ । उत्पादन क्षमता र वितरण सञ्जाल विस्तारका कारण बिक्री बढ्दै जाँदा कम्पनीको वित्तीय प्रदर्शनमा सुधार आएको देखिएको छ । सोही कारण बिक्री बढेको कम्पनीको दाबी छै।
सोही वित्तीय सुधारका आधारमा एशियन ब्याट्रिजले आफ्नो ‘केयर–एनपी बीबी (आईएस)’ इस्युअर रेटिङ पुनः पुष्टि गराएको छ । कम्पनीको रेटिङ पुनः पुष्टि गर्दै समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको एजेन्सीले जनाएको छ।
रेटिङ एजेन्सीका अनुसार कम्पनीको वर्किङ क्यापिटलमा उच्च निर्भरता, अस्थिर ब्याजदरको जोखिम, सिसा (लेड) आधारित उत्पादनसँग सम्बन्धित नियामकीय चुनौती तथा उद्योगको उच्च प्रतिस्पर्धात्मक अवस्थाले रेटिङमा दबाब सिर्जना गरेको छ । साथै ऋणको सहायतामा सञ्चालन भइरहेको ठूलो क्षमताविस्तार योजनासँग जोडिएको कार्यान्वयन तथा बजार व्यवस्थापन जोखिमलाई पनि रेटिङले समेटेको छ।
यद्यपि कम्पनीको अनुभवी व्यवस्थापन, वित्तीय प्रदर्शनमा आएको सुधार, सुदृढ पूँजी संरचना तथा ऋण भुक्तानी क्षमतामा देखिएको प्रगतिका आधारमा रेटिङलाई पुनः पुष्टि गरिएको जनाइएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ र चालु आर्थिक वर्षको पहिलो ११ महिनामा गरेको पुँजी थपका कारण कम्पनीको नेटवर्थ बलियो बनेको रेटिङ प्रतिवेदनमा उल्लेख छ।
कम्पनीको सञ्चालन नाफा (पीबीआईएलडीटी) मार्जिन अघिल्लो वर्षको १२ प्रतिशतबाट बढेर १२.४२ प्रतिशत पुगेको छ। यस अवधिमा कम्पनीको नगद आर्जन क्षमता (जीसीए) समेत वृद्धि भएको छ।
Asian Batteries Limited is accelerating its production capacity expansion with a new battery production plant worth Rs 530 million. The plant, based on the fully automated 'Valve Regulated Lead Acid (VRLA)' technology, has achieved about 30% financial progress and aims to start commercial production by mid-January 2027.
The company has earned Rs 6.5 billion in revenue in the first 11 months of the current fiscal year. According to the rating agency CARE Ratings Nepal, the company had earned Rs 6.2 billion in FY 2025, Rs 5.17 billion in FY 2024, and Rs 4.3 billion in FY 2023.
In the first 11 months of the current fiscal year, the company has surpassed its total revenue of the previous year. The company's financial performance has improved due to increased sales resulting from expanded production capacity and distribution networks. The company attributes the increase in sales to the same reason.
Based on the same financial improvement, Asian Batteries has reaffirmed its 'CARE-NP BBB (IS)' issuer rating. The agency has stated that the company has a moderate level of risk in terms of fulfilling its financial obligations on time.
The rating agency has noted that the company's high dependence on working capital, risks associated with fluctuating interest rates, regulatory challenges related to lead-based production, and the industry's high competitive environment have put pressure on the rating. Additionally, the rating has taken into account the implementation and market management risks associated with the large-scale capacity expansion plan being implemented with debt financing.
However, the company's experienced management, improvement in financial performance, robust capital structure, and progress in debt repayment capacity have led to the reaffirmation of the rating. The company's net worth has strengthened due to the capital infusion made during the fiscal year 2081/82 and the first 11 months of the current fiscal year, as mentioned in the rating report.
The company's operating profit (PBITDL) margin has increased from 12% in the previous year to 12.42%. The company's cash generation capacity (GCA) has also increased during this period.




