काठमाडौँ — आन्तरिक स्रोतबाट सरकारी खर्चको जोहो गर्न सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ८ वर्षे अवधिको ‘विकास ऋणपत्र–२०९१’ जारी गर्न लागेको हो ।
कार्यालयका अनुसार उक्त ऋणपत्र खरिदका लागि आइतबार (कात्तिक १८ गते) बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ । बोलकबोलमार्फत बिक्री टुंगो लागेपछि कात्तिक १९ गते ऋणपत्र निष्कासन गरिने कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
यो ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, निजी कम्पनी, फर्मका साथै सर्वसाधारण नागरिकले समेत आवेदन दिन पाउनेछन् । इच्छुक खरिदकर्ताले कार्यालयको आधिकारिक वेबसाइटमा रहेको अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिनुपर्ने व्यवस्था मिलाइएको छ । सरकारले वित्तीय आवश्यकता र सार्वजनिक खर्च व्यवस्थापन गर्न यस्तो ऋणपत्रमार्फत आन्तरिक ऋण उठाउने गर्दछ ।
KATHMANDU — To manage government expenditures through internal resources, the government is set to sell development bonds worth Rs 10 billion. The Public Debt Management Office (PDMO) under the Ministry of Finance is preparing to issue the eight-year 'Development Bond-2091'.
According to the PDMO, the bidding process for the purchase of these bonds will be conducted on Sunday (Kartik 18). The bonds will be officially issued on Monday (Kartik 19) after the conclusion of the auction, the office stated in its notice.
Banks, financial institutions, private companies, firms, as well as the general public are eligible to participate in the bidding process. Interested buyers are required to submit their applications through the online bidding system available on the PDMO's official website. The government regularly raises internal debt through such financial instruments to meet its financial obligations and fund public expenditures.