NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Banking Sector Profit Falls by 15%, 20 Banks Earn NPR 25.72 Billion in Five Months
    बैंकिङ क्षेत्रको नाफा १५% ले घट्यो, पाँच महिनामा २० बैंकको नाफा २५.७२ अर्बमा सीमित
    Top
    1 min read
    Published on January 14, 2026
    NEPSE TRADING

    बैंकिङ क्षेत्रको नाफा १५% ले घट्यो, पाँच महिनामा २० बैंकको नाफा २५.७२ अर्बमा सीमितBanking Sector Profit Falls by 15%, 20 Banks Earn NPR 25.72 Billion in Five Months

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वाणिज्य बैंकहरूको समग्र नाफा झण्डै १५ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले मंसिर मसान्तसम्म कुल २५ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १४.९५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यसै अवधिमा बैंकहरूले ३० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका थिए।

    नाफा घट्नुको मुख्य कारणका रूपमा खराब कर्जा (NPL) वृद्धि, आर्थिक मन्दी, ऋण मागमा कमी, प्रतिस्पर्धात्मक ब्याजदर तथा उच्च सञ्चालन खर्चलाई लिइएको छ। देशमा जारी आर्थिक सुस्ती र विभिन्न आन्दोलनको प्रभावले कर्जा प्रवाह र असुलीमा चुनौती बढ्दा बैंकहरूको नाफामा प्रत्यक्ष असर परेको देखिन्छ।

    यस अवधिमा केही बैंकहरूले भने आफ्नो कर्जा तथा लगानी व्यवस्थापन सुधार गर्दै नाफा बढाउन सफल भएका छन्। सबैभन्दा धेरै नाफा कमाउने बैंकको रूपमा ग्लोबल आइएमई बैंक अगाडि रहेको छ। बैंकले १३.६९ प्रतिशत वृद्धिसहित ३ अर्ब २२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र सिद्धार्थ बैंकले पनि नाफा वृद्धि गरेका छन्।

    तर अधिकांश बैंकहरूको नाफा घटेको छ। नबिल बैंकले ३ अर्ब ११ करोड रुपैयाँ नाफा कमाए पनि अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ। प्राइम कमर्सियल, एभरेष्ट, एनएमबी, कुमारी, लक्ष्मी सनराइज, नेपाल एसबीआई, एनआईसी एशिया लगायतका बैंकहरूको नाफा उल्लेखनीय रूपमा घटेको छ।

    कुल २० बैंकमध्ये १५ बैंकको नाफा घटेको छ भने ६ बैंकले मात्र नाफा वृद्धि गरेका छन्। यसले बैंकिङ क्षेत्रमा असमान प्रदर्शन र प्रतिस्पर्धात्मक दबाब स्पष्ट रूपमा देखाएको छ। आगामी महिनामा कर्जा विस्तार, लागत नियन्त्रण र डिजिटल सेवामा प्रभावकारी सुधार गर्न सके बैंकहरूको नाफा पुनः सुधार हुने अपेक्षा गरिएको छ।

    Kathmandu. The overall profit of Nepal’s commercial banking sector has declined by nearly 15 percent in the first five months of the current fiscal year. According to data published by Nepal Rastra Bank, 20 commercial banks earned a total net profit of NPR 25.72 billion by mid-Mangsir, down 14.95 percent compared to the same period last year, when profits stood at NPR 30.24 billion.

    The decline in profitability is mainly attributed to a rise in non-performing loans (NPLs), economic slowdown, weak credit demand, competitive interest rates, and increasing operational costs. Ongoing economic challenges and disruptions have further affected loan recovery and credit growth, putting pressure on bank earnings.

    Despite the overall decline, a few banks managed to post profit growth through improved credit and investment management. Global IME Bank emerged as the highest profit-earning bank during the period, recording a 13.69 percent increase with a net profit of NPR 3.22 billion. Rastriya Banijya Bank, Sanima Bank, and Siddhartha Bank also reported improved earnings.

    On the other hand, most banks witnessed a drop in profits. Nabil Bank earned NPR 3.11 billion, though this figure declined year-on-year. Prime Commercial Bank, Everest Bank, NMB Bank, Kumari Bank, Laxmi Sunrise Bank, Nepal SBI Bank, and NIC Asia Bank were among those reporting lower profits.

    Out of the 20 commercial banks, profits declined in 15 banks, while only six banks recorded growth. The data highlights uneven performance across the banking sector amid rising competitive pressure. Analysts believe that improved credit expansion, cost control, and stronger digital banking initiatives could help banks restore profitability in the coming months.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026