
1 min read
Latest News
पहिलो चरणमा कर्जा प्रवाह, ब्याजदर तथा वित्तीय ग्राहक संरक्षणका निर्देशन पुनर्लेखन गरिंदैFirst Phase to Rewrite Loan Flow, Interest Rate and Financial Consumer Protection Directives
काठमाडौं । केन्द्रीय बैंकले कर्जा प्रवाह, ब्याजदर तथा वित्तीय ग्राहक संरक्षण सम्बन्धी निर्देशनहरू पुनर्लेखन गर्ने भएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आज आगामी आर्थिक बर्ष २०८३–८४ को मौद्रिक नीति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।
सरल नियमन र सुदृढ सुपरिवेक्षण कार्यलाई जोड दिन भाषागत जटिलता र दोहोरोपन हटाई बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका निर्देशनहरुलाई सरलीकरण गर्दै लगिने उनको भनाइ छ । त्यसमा पहिलो चरणमा तीन निर्देशन पुनर्लेखन गरिने उनको भनाइ छ ।
‘सरल नियमन र सुदृढ सुपरिवेक्षण कार्यलाई जोड दिन भाषागत जटिलता र दोहोरोपना हटाई बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका निर्देशनहरूलाई सरलीकरण गर्दै लगिनेछ । यसका लागि प्रथम चरणमा कर्जा प्रवाह, ब्याजदर तथा वित्तीय ग्राहक संरक्षण सम्बन्धी निर्देशनहरू पुनर्लेखन गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।
यस्तै, विदेशी विनिमय कारोबार गर्ने संस्थाहरूलाई जारी गरिएको एकीकृत परिपत्रलाई सरलीकरण गरिने मौद्रिक नीतिमा उल्लेख छ । ‘विदेशी विनिमय सटही सम्बन्धी वर्तमान व्यवस्थालाई सहजीकरण गर्दै यस बैंकबाट विदेशी विनिमय कारोबार गर्ने संस्थाहरूलाई जारी गरिएको एकीकृत परिपत्रलाई सरलीकरण गर्दै लगिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।
बुधबार २४ असार, २०८३ | Wednesday Jul 08, 2026 मा यसको घोषणा गरिएको हो ।
Kathmandu. The central bank is set to rewrite the directives related to loan flow, interest rate, and financial consumer protection. Governor Dr. Vishwanath Paudel made this announcement while releasing the monetary policy for the upcoming fiscal year 2083-84.
The governor stated that the bank will simplify the directives issued to banks and financial institutions by removing linguistic complexities and duplications, in order to combine simple regulation and robust supervision. In the first phase, three directives will be rewritten.
'Simple regulation and robust supervision will be combined by removing linguistic complexities and duplications, and the directives issued to banks and financial institutions will be simplified,' the monetary policy states. 'In the first phase, the directives related to loan flow, interest rate, and financial consumer protection will be rewritten.'
Additionally, the integrated circular issued to institutions engaged in foreign exchange transactions will be simplified, as mentioned in the monetary policy. 'The current system of foreign exchange transactions will be simplified, and the integrated circular issued to institutions engaged in foreign exchange transactions will be simplified,' the monetary policy states.
This announcement was made on Wednesday, 24 Asar, 2083 | Wednesday, July 08, 2026.




