
वैदेशिक रोजगार विभागको सक्रियता बढ्यो: ९ जना पक्राउ, ६ जनाको उद्धारForeign Employment Department Intensifies Action: 9 Arrested, 6 Rescued
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो कार्यक्षमता अझ विस्तार गरेको छ।
विभागको मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन्। यस अन्तर्गत २८ वटा पक्राउ पुर्जी जारी गरिएको छ भने ९ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ। साथै, ९ वटा मुद्दामा आपसी मिलापत्र गराइएको छ र ६८ वटा आधिकारिक पत्र चलानी गरिएको छ।
संस्था अनुगमन शाखाले म्यानपावर व्यवसायीहरूलाई ५ वटा पत्राचार गर्दै १६ वटा राहदानी वितरण गरेको छ।
राहत, उद्धार तथा समन्वय शाखाले ६ जनाको उद्धार गरेको छ भने २ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ। शाखाले १० नयाँ उजुरी दर्ता गरी १३ वटा द्विपक्षीय छलफल र १५ वटा परामर्श सेवा पनि प्रदान गरेको छ।
'हेलो सरकार' मार्फत प्राप्त ११ मध्ये ९ वटा गुनासोको तत्काल समाधान भएको छ भने विभागको कल सेन्टरमा आएका ४७ मध्ये २९ वटा गुनासो समाधान भइसकेका छन्।
युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयमार्फत आउने गुनासोलाई थप प्रभावकारी बनाउन आधिकारिक पत्र र आवश्यक कागजात संलग्न गरी पठाउन विभागले आग्रह गरेको छ।
— वैदेशिक रोजगार विभाग
The Department of Foreign Employment has ramped up its activities to control fraud in foreign employment and resolve issues faced by migrant workers.
Legal Action
The department's Case and Investigation Branch has registered 29 new complaints. As a result, 28 arrest warrants have been issued and 9 individuals have been arrested and produced before authorities. Additionally, 9 cases have been settled through mutual agreement, and 68 official letters including bank notices, charge sheets, and opinion letters have been dispatched.
Monitoring & Documentation
The Institution Monitoring Branch has sent 5 letters to manpower agencies and distributed 16 passports to concerned individuals.
Relief & Rescue
The Relief, Rescue and Coordination Branch successfully rescued 6 individuals and provided compensation to 2 persons. The branch also registered 10 new complaints, conducted 13 bilateral discussions, and delivered 15 counseling sessions.
Grievance Management
Out of 11 complaints received through the government's "Hello Sarkar" hotline, 9 have been immediately resolved. Of the 47 complaints received at the department's own call center, 29 have been resolved with the remaining under process.
New Guidelines
The department has recommended a new process to make relief and rescue operations more effective for complaints received through the office of Youth Labor and Employment Minister Ramji Yadav. Workers are advised to attach official letters and necessary documents when submitting complaints for faster resolution.
— Department of Foreign Employment



