काठमाडौँ — ठेक्का सम्झौताअनुसार काम नगर्ने चार निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको उक्त कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीलाई एकदेखि दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
कारबाहीमा पर्नेमध्ये तीन कम्पनीलाई दुई वर्ष र एक कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। दुई वर्षको प्रतिबन्ध खेप्नेमा शान्तबहादुर बस्नेत मुख्य व्यक्ति रहेको जाजरकोटको मालिका बस्नेत निर्माण सेवा, हरिस सिंह बुढाल सञ्चालक रहेको कञ्चनपुरको पञ्चकोटी निर्माण सेवा र लिला देवी शाह मुख्य व्यक्ति रहेको बाँके, नेपालगन्ज–१० स्थित आदित्य सप्लायर्स रहेका छन्। मालिका बस्नेतलाई रुकुम पश्चिमको सडक डिभिजन चौरजहारी, पञ्चकोटीलाई सडक डिभिजन महेन्द्रनगर तथा आदित्य सप्लायर्सलाई तेह्रथुमको लालीगुराँस नगरपालिकाको सिफारिसमा कारबाही गरिएको कार्यालयले जनाएको छ।
यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा काठमाडौँ सुविधानगरस्थित उज्यालो निर्माण सेवा प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। सुरेश पण्डित मुख्य व्यक्ति रहेको उक्त कम्पनीसहित चारवटै व्यवसायी तथा आपूर्तिकर्ताले कालोसूचीमा परेको अवधिभर कुनै पनि सरकारी तथा सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
Kathmandu — The Public Procurement Monitoring Office (PPMO) has blacklisted four construction companies and suppliers for failing to execute works as per their contracts. Operating under the Office of the Prime Minister and Council of Ministers, the PPMO decided to bar these firms for one to two years based on recommendations from various public agencies.
Among the penalized firms, three have been blacklisted for two years and one for a single year. Those facing a two-year ban include Malika Basnet Nirman Sewa of Jajarkot (headed by Shanta Bahadur Basnet), Panchakoti Nirman Sewa of Kanchanpur (operated by Haris Singh Budhal), and Aditya Suppliers of Nepalgunj-10, Banke (headed by Lila Devi Shah). According to the office, action was taken against Malika Basnet on the recommendation of the Road Division Office, Chaurjahari (Rukum West), Panchakoti on the recommendation of the Road Division Office, Mahendranagar, and Aditya Suppliers on the recommendation of Laligurans Municipality, Tehrathum.
Similarly, Ujyalo Nirman Sewa Pvt. Ltd. of Subidhanagar, Kathmandu, headed by Suresh Pandit, has been blacklisted for one year following a recommendation from the Nepal Agricultural Research Council (NARC). With this decision, none of the four blacklisted contractors and suppliers will be eligible to participate in any government or public procurement processes during their respective ban periods.