काठमाडौँ — देशभर हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले अधिकांश भूभागको मौसम मुख्यतया सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली भेगमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा बिहानैदेखि तुवाँलो र हुस्सु लागेको छ।
महाशाखाको प्रक्षेपणअनुसार आज दिउँसो तथा राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने देशका अन्य प्रदेशको मौसम सफा रहने अनुमान छ। यस्तै, भोलि बिहानपख पनि तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Kathmandu — Weather across most parts of Nepal is expected to remain predominantly fair as there is currently no significant weather system affecting the country, according to the Meteorological Forecasting Division. While the Himalayan region is experiencing partly cloudy conditions, mist and haze have blanketed most areas of the Terai, valleys, and river basins since early morning.
As per the division's forecast, Koshi and Madhesh provinces will witness partly cloudy skies this afternoon and tonight, whereas the weather in the remaining provinces will stay mostly clear. Meanwhile, mist and fog are likely to occur in a few places across the Terai, valleys, and basins tomorrow morning, the division added.