नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।





