काठमाडौँ — नेपाली बजारमा मंगलबार (कार्तिक १७ गते) सुनको मूल्य उकालो लागेको छ भने चाँदीको भाउ ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको नयाँ मूल्यसूची अनुसार, आजका लागि सुनको कारोबार दर प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम गरिएको छ । यसअघि सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
सुनको भाउ महँगिए पनि चाँदीको मूल्यमा भने आज सामान्य गिरावट देखिएको छ । मंगलबार चाँदी प्रतितोला ४५ रुपैयाँले सस्तिँदै ३ हजार ६ सय ७५ रुपैयाँमा झरेको छ । सोमबार चाँदीको कारोबार प्रतितोला ३ हजार ७ सय २० रुपैयाँमा भएको महासंघले जनाएको छ ।





