काठमाडौं — नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा तोलामा २ हजार ९ सय रुपैयाँले बढ्दै सुनको कारोबार मूल्य नयाँ विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य सुधार आएको छ । महासंघका अनुसार शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
Kathmandu — Gold and silver prices experienced a significant rise in the Nepali market on Friday. The price of gold jumped by Rs 2,900 per tola compared to the previous day, hitting a new mark.
According to the Federation of Nepal Gold and Silver Dealers' Association, gold is currently trading at Rs 295,700 per tola. On Thursday, the precious metal was priced at Rs 292,800 per tola following a Rs 500 increase.
Alongside gold, silver also saw a marginal gain. The Federation stated that the price of silver went up by Rs 15 on Friday, settling at Rs 4,405 per tola. The white metal was traded at Rs 4,390 per tola on the previous day.