गोल्याण पावर लिमिटेडले आगामी मंसिर २४ गते (डिसेम्बर १०, २०२६) विशेष साधारण सभा आह्वान गरेको छ। कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँ महानगरपालिका–१० स्थित गोल्याण टावरमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।
विशेष प्रस्तावअन्तर्गत कम्पनीले विभिन्न विद्युत् सम्बन्धी अनुमति प्राप्त कम्पनीहरूमा गरेको लगानी अनुमोदन गर्ने मुख्य एजेन्डा तय गरेको छ। यस्तै, कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत सभामा पेस गरिनेछ।
यसका साथै, कम्पनीको शेयर खरिद–बिक्री गर्न स्वीकृति दिने, शेयर बाँडफाँड तथा दाखिला खारेजको निर्णय गर्ने र विद्युत् नियमन आयोगलगायतका नियमनकारी निकायबाट स्वीकृति लिन आवश्यक सम्पूर्ण निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभाबाट पारित गरिने कम्पनीले जनाएको छ।
KATHMANDU — Golyan Power Limited has called a Special General Meeting (SGM) for Mangsir 24, 2083 (December 10, 2026). According to the company’s board of directors meeting held on Mangsir 7, the assembly will take place at 10:00 AM at Golyan Tower in Kathmandu Metropolitan City-10.
Under special proposals, the primary agenda of the meeting is to endorse investments made by the company in various licensed hydropower companies. Additionally, a proposal to make necessary amendments to the company's Memorandum of Association will be presented.
The company further stated that the meeting will pass a proposal granting authority to the board of directors to approve the buying and selling of company shares, decide on share allotment and transfer, and obtain necessary approvals from regulatory bodies including the Electricity Regulatory Commission.