काठमाडौँ — सामाजिक सुरक्षा कोषमा थुप्रिएको अर्बौँ रुपैयाँलाई उत्पादनमूलक र ठूला भौतिक पूर्वाधार क्षेत्रमा परिचालन गर्न सरकारले विशेष ऋणपत्र जारी गर्ने तयारी थालेको छ । योगदानकर्ताको अनिवार्य पेन्सन दायित्व सुरक्षित रहने गरी न्यूनतम प्रतिफलको ग्यारेन्टीसहितको ऋणपत्रमार्फत पुँजी परिचालन गर्ने नीतिगत गृहकार्य अघि बढाइएको हो ।
नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले कोषको पुँजीलाई राज्यको पूर्वाधार विकाससँग जोड्ने विषयमा छलफल भइरहेको जानकारी दिए । भविष्यमा श्रमिकलाई भुक्तानी गर्नुपर्ने पेन्सन दायित्वमा जोखिम नआउने गरी ब्याजदर निर्धारण गरेर विशेष ऋणपत्र जारी गर्ने विकल्पमा सरकार जुटेको उनले स्पष्ट पारे ।
कोषको कुल सम्पत्ति १ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँ नाघिसक्दा पनि दीर्घकालीन र प्रतिफलयुक्त क्षेत्रमा लगानी विस्तार हुन सकेको छैन । हाल कोषको अधिकांश रकम बैंकको मुद्दती निक्षेप, ट्रेजरी बिल र विकास ऋणपत्रजस्ता परम्परागत क्षेत्रमै सीमित छ । राष्ट्रिय कल्याणकारी कोषसमेत जोड्दा करिब १ खर्ब ५८ अर्ब रुपैयाँ दीर्घकालीन लगानीको पर्खाइमा रहेकाले जलविद्युत्, प्रसारण लाइन र ठूला पूर्वाधारमा लगाउन निजी क्षेत्रले समेत माग गर्दै आएको छ ।
यसैबीच, सरकारले चालु आर्थिक वर्षमा कोषको दायरा विस्तारका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री वाग्लेले खुलाए । बजेट वक्तव्यमा उल्लेख नभए पनि कोषमा आबद्धता बढाउन उक्त रकम छुट्याइएको र आगामी वर्षहरूमा राज्यलाई पर्ने करिब ७ अर्ब रुपैयाँको थप दायित्वसमेत स्वीकृत भइसकेको उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वैदेशिक रोजगारी, औपचारिक, अनौपचारिक र स्वरोजगार क्षेत्रका गरी कोषमा ३० लाख ४७ हजारभन्दा बढी योगदानकर्ता आबद्ध भइसकेका छन् । सरकारले अब आम्दानी हुनेलाई योगदानमा आधारित सामाजिक बिमा र विपन्न वर्गलाई राज्यको सहायता प्रणालीमा समेट्दै छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गर्ने योजनासमेत अघि सारेको छ ।
Kathmandu — The government has initiated policy groundwork to issue special-purpose bonds to mobilize billions of rupees accumulated in the Social Security Fund (SSF) into productive and large-scale physical infrastructure projects. The framework aims to deploy this capital while guaranteeing minimum returns and securing the mandatory pension liabilities of contributors.
Speaking at an event marking the 9th Social Security Day on Friday, Finance Minister Swarnim Wagle stated that discussions are underway to link the fund's capital with national infrastructure development. He clarified that the government is working on determining appropriate interest rates for the special bonds so that future pension payouts to workers remain completely risk-free.
Despite the SSF's total assets crossing Rs 151.29 billion, long-term and high-yield investments remain stagnant. Currently, the bulk of the fund is tied up in traditional instruments such as bank fixed deposits, treasury bills, and development bonds. With roughly Rs 158 billion sitting idle from long-term deployment—including the National Welfare Fund—the private sector has also been urging the government to channel the capital into hydropower, transmission lines, and mega-infrastructure projects.
Meanwhile, Finance Minister Wagle revealed that the government has allocated Rs 1.80 billion in the current fiscal year to expand the fund's reach. Although omitted from the formal budget speech, the funds were set aside to boost contributor enrollment, alongside an already approved state liability of approximately Rs 7 billion for upcoming years.
According to the latest Nepal Rastra Bank report, over 3.04 million contributors from the formal, informal, self-employed, and foreign employment sectors have enrolled in the fund. Moving forward, the government plans to integrate scattered social security programs by bringing income-earning citizens under contributory social insurance while supporting low-income groups through state assistance.