काठमाडौँ — लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने शुक्रबार मंसिर ११ गते अन्तिम दिन रहेको छ। वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले आगामी मंसिर १४ गते सोमबार एक दिन बुकक्लोज (सेयरधनी दर्ता पुस्तिका बन्द) गर्ने भएकाले आजसम्म सेयर खरिद गर्ने लगानीकर्ताले मात्र प्रतिफल पाउनेछन्।
आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहने सेयरधनीहरू बैंकको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्। बैंकले मंसिर २५ गते शुक्रबार काठमाडौँको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान १० बजे २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। यसका साथै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेन्डा पनि सभामा पेस गरिने बैंकले जनाएको छ।
Kathmandu — Friday, Mangsir 11, marks the final day for investors to secure the dividend proposed by Laxmi Sunrise Bank Limited (LSL). As the bank has scheduled a one-day book closure on Monday, Mangsir 14, for its annual general meeting and dividend distribution, only shareholders purchasing shares up to today will be eligible for the return.
Shareholders recorded on the Nepal Stock Exchange (NEPSE) by the close of today's trading session will qualify to attend the bank's general meeting and receive the proposed payout. The bank has convened its 26th Annual General Meeting for Friday, Mangsir 25, starting at 10:00 AM at Agrawal Bhawan in Kamalpokhari, Kathmandu.
The assembly will endorse a special resolution to distribute 5 percent in bonus shares and a 0.26 percent cash dividend for tax purposes based on the current paid-up capital. According to the bank, other agendas to be presented at the meeting include delegating authority to the board of directors to amend the memorandum and articles of association, as well as appointing an auditor.