सरकारले सेयर बजारका लगानीकर्तालाई राहत दिने उद्देश्यले धितोपत्र कारोबारबाट हुने नाफामा लाग्दै आएको पुँजीगत लाभकर (सीजीटी) घटाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेसँगै लाभकरका नयाँ दरहरू तय भएका हुन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार अब प्राकृतिक व्यक्तिले एक वर्ष (३६५ दिन) भन्दा बढी समय आफ्नो स्वामित्वमा राखेर सेयर बिक्री गर्दा प्राप्त हुने लाभमा ३.५ प्रतिशत मात्र अग्रिम कर तिर्नुपर्नेछ । त्यसैगरी, एक वर्ष वा सोभन्दा कम अवधिको (अल्पकालीन) सेयर कारोबारबाट हुने नाफामा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ ।
यसअघि सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले अल्पकालीन कारोबारमा ७.५ प्रतिशत र दीर्घकालीन लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर बुझाउँदै आएका थिए । लगानीकर्ताको लामो समयदेखिको कर घटाउने मागलाई सम्बोधन गर्दै सरकारले यो कदम चालेको हो । यद्यपि, मन्त्रिपरिषद्ले निर्णय गरे पनि यो व्यवस्था तत्कालै लागू भने हुने छैन । संशोधित करका दरहरू नेपाल राजपत्रमा प्रकाशित भएपछि मात्र औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ ।
KATHMANDU — In a significant move to provide relief to stock market investors, the government has decided to reduce the capital gains tax (CGT) levied on profits earned from share transactions. The new tax rates were finalized after a recent Cabinet meeting approved the proposal put forward by Finance Minister Dr. Swarnim Wagle.
Under the newly approved provision, natural persons who sell shares after holding them for more than a year (365 days) will now only have to pay a 3.5 percent advance tax on their profits. Similarly, the CGT for short-term trades—shares held for a year or less—has been revised down to 5 percent.
Previously, individual investors were required to pay a 7.5 percent tax on short-term gains and 5 percent on long-term investments. While this decision addresses a long-standing demand from the investor community, the revised rates will not go into effect immediately. The new tax structure will only be formally implemented once it is officially published in the Nepal Gazette.