
1 min read
Latest News
हालान्डको ‘डबल स्ट्राइक’मा ब्राजिल स्तब्ध, इतिहास रच्दै नर्वे क्वाटरफाइनलमाHaaland's 'Double Strike' Stuns Brazil, Norway Makes History and Reaches Quarterfinals
विश्व फुटबलका चर्चित स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो पहिलो विश्वकपमै असाधारण प्रदर्शनलाई निरन्तरता दिँदा नर्वेले इतिहास रचेको छ । हालान्डको दुई गोलको मद्दतमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
चौथो पटक विश्वकप खेलिरहेको नर्वे पहिलो पटक प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएको हो । उता ब्राजिल भने सन् १९९० यता पहिलो पटक अन्तिम १६ बाटै बाहिरिएको छ ।
अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा अधिकांश समय दबावमा राखिएको ब्राजिललाई हालान्डले दोस्रो हाफको अन्तिम ११ मिनेटमा लगातार दुई गोल गर्दै स्तब्ध पारे ।
खेलको ७९औँ मिनेटमा आन्द्रेस सेलड्रुपको पासमा हालान्डले हेडमार्फत पहिलो गोल गर्दै नर्वेलाई अग्रता दिलाए । त्यसपछि निर्धारित समय सकिनुअघि ९०औँ मिनेटमा पुनः सेलड्रुपकै पासमा उनले अर्को हेड गोल गर्दै अग्रता दोब्बर बनाए ।
ब्राजिलका लागि इन्जुरी समयको नवौँ मिनेटमा नेमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन ।
खेलको सुरुआतमै ब्राजिलसँग अग्रता लिने सुनौलो अवसर थियो । १४औँ मिनेटमा प्राप्त पेनाल्टीलाई ब्रुनो गुइमारेसले गोलमा परिणत गर्न सकेनन् । नर्वेका गोलरक्षक ओर्यान नायल्यान्डले उनको प्रहार उत्कृष्ट ढंगले बचाएका थिए ।
क्रिस्टोफर अयरले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा ब्राजिलले पेनाल्टी पाएको थियो । तर उक्त अवसर खेर जाँदा ब्राजिल खेलभर दबावमा रह्यो । पछिल्लो चार दशकमा विश्वकपमा पेनाल्टी मिस गर्ने ब्राजिलका पहिलो खेलाडीका रूपमा पनि ब्रुनो दर्ज भएका छन् । यसअघि सन् १९८६ मा जिकोले फ्रान्सविरुद्ध पेनाल्टी चुकाएका थिए ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका युवा स्ट्राइकर एन्ड्रिकले पनि ५९औँ मिनेटमा नर्वेका गोलरक्षकसँग एक्लाएक्लै भएको अवस्थामा गोल गर्ने अवसर गुमाएका थिए । अन्ततः त्यही अवसर गुमाउनु ब्राजिलका लागि महँगो साबित भयो ।
खेलभर नर्वेले उत्कृष्ट नियन्त्रण कायम राख्यो । उसले ६५ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राख्दा ब्राजिल ३५ प्रतिशतमा सीमित रह्यो । नर्वेले ९ पटक प्रहार गर्दा ५ सट लक्ष्यमा पुगेका थिए । ब्राजिलले भने १४ सट प्रहार गरे पनि चार सट मात्र लक्ष्यमा राख्न सफल भयो ।
यो जितसँगै नर्वेले इतिहास रचेको छ ।
Norway has made history by securing a spot in the quarterfinals of the 2026 FIFA World Cup, thanks to Haaland's two goals. This is Norway's first time reaching the final eight in their fourth World Cup appearance. They defeated Brazil 2-1, with Haaland scoring in the 79th and 90th minutes.
Brazil, on the other hand, has been eliminated from the tournament in the round of 16 for the first time since 1990. The match was played at the New York-New Jersey Stadium in the United States, and Norway dominated the game, with Haaland scoring two goals in the last 11 minutes of the second half.
The first goal was scored by Haaland in the 79th minute, with a header from a pass by Andres Seldrup. The second goal was scored in the 90th minute, with another header from a pass by Seldrup. Brazil's Neymar scored a penalty in the ninth minute of injury time, but it was not enough to change the outcome of the game.
Brazil had a golden opportunity to take the lead in the 14th minute, but Bruno Guimaraes missed a penalty. Norway's goalkeeper, Orjan Nyland, made an excellent save to deny Guimaraes. This was the first time in four decades that Brazil has missed a penalty in the World Cup.
The game was intense, with both teams creating scoring opportunities. However, Norway maintained excellent control throughout the game, with 65% ball possession, while Brazil was limited to 35%. Norway had 9 shots on goal, with 5 on target, while Brazil had 14 shots, with only 4 on target.
With this win, Norway has made history and will move on to the quarterfinals. The team's victory is a significant achievement, and they will look to continue their success in the tournament.




