काठमाडौं — हालै नेपाल-चीनको सीमावर्ती क्षेत्रबाट सुरु भई भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाहरूको उद्धार तथा राहतका लागि कर्पोरेट क्षेत्रबाट सहयोग जुट्ने क्रम बढेको छ। यसैक्रममा, त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा भएको जनधनको व्यापक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (Imperial Securities Company Limited) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
कम्पनीले बाढीबाट प्रभावित परिवारहरूको उद्धार र राहत कार्यमा सरकारलाई मद्दत पुगोस् भन्ने उद्देश्यले रु. २४,४५,५४५ (अक्षरपी चौबीस लाख पैँतालीस हजार पाँच सय पैँतालीस) रुपैयाँ सहयोगस्वरूप जम्मा गरेको हो। रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा बाढीले पुर्याएको असरप्रति संवेदना प्रकट गर्दै कम्पनीले यो सानो प्रयासले विपत्तिमा परेका मानिसहरूको जीवनमा केही राहत र नयाँ आशा जगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
Kathmandu — Corporate support is growing for the rescue and relief efforts in regions affected by the recent catastrophic floods that originated from the Nepal-China border area and swept through the Bhotekoshi and Trishuli rivers. Expressing deep sorrow over the extensive loss of life and property in the riparian settlements along the Trishuli River, Imperial Securities Company Limited has transferred financial assistance to the Prime Minister's Disaster Relief Fund.
To aid the government in the rescue and relief operations for families affected by the disaster, the company deposited Rs 24,45,545 (Twenty-Four Lakh Forty-Five Thousand Five Hundred Forty-Five Rupees). Extending its condolences over the damage caused by the floods in districts including Rasuwa, Nuwakot, and Dhading, the company expressed hope that this modest effort will help bring some relief and new hope to the lives of those affected by the tragedy.