कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो ।
जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ लाख कित्ता सेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीयका लागि छुट्याइएको छ । यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले खरिद गर्न पाउनेछन् ।
प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य रहेको उक्त सेयरमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताको सीमा तोकिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ भने उक्त अवधिमा मागबमोजिम आवेदन नपरे मंसिर २४ गतेसम्म म्याद थपिनेछ । यता स्थानीय बासिन्दाका लागि भने छिटोमा मंसिर २४ र ढिलोमा पुस १३ गतेसम्म निष्कासन खुला रहने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।
स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाई आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र 'मेरो सेयर' अनलाइन प्रणालीमार्फत आवेदन भर्न सक्नेछन् ।
आईपीओ निष्कासनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई 'केयरएनपी डबल बी प्लस' इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीको साधारण लगानी फिर्ता अवधि साढे ४ वर्ष (४.५० वर्ष) र डिस्काउन्ट लगानी फिर्ता अवधि ५.७१ वर्ष रहेको छ ।
Kantipur Pharmaceuticals Lab Limited has opened its Initial Public Offering (IPO) to the public starting Mangsir 10. In the first phase, the company is issuing shares specifically to locals of the project-affected area and Nepalis working abroad.
The company has allocated 800,000 shares—representing 10 percent of its issued capital of Rs. 800 million—to the local residents of Panchkhal Municipality Ward No. 7 in Kavrepalanchowk. Additionally, 90,000 shares, which account for 10 percent of the shares set aside for the general public, have been reserved for Nepali migrant workers who have obtained labor permits from the relevant government authority.
Priced at a face value of Rs. 100 per share, local residents can apply for a minimum of 10 units and a maximum of 10,000 units. Meanwhile, Nepalis in foreign employment can apply for a minimum of 10 units and up to a maximum of 7,000 units.
According to the issue manager, Muktinath Capital Limited, the application window for Nepalis working abroad will close on Mangsir 15, though it may be extended until Mangsir 24 if the shares are not fully subscribed. For local residents, the issue will close as early as Mangsir 24 and no later than Poush 13.
Local applicants can submit their forms at the Banepa and Panchkhal branches of Muktinath Bikas Bank and Sindhu Bikas Bank by paying a form fee of Rs. 2. Nepalis working abroad can apply online through the 'Mero Share' portal or via any C-ASBA member banks and financial institutions approved by the Securities Board of Nepal.
For this IPO, CARE Ratings Nepal has assigned the company an issuer rating of 'CARE-NP BB+', indicating a moderate risk of default regarding its financial obligations. The company's simple payback period is 4.50 years, while its discounted payback period stands at 5.71 years.