काठमाडौँ — समयमै सेयर कारोबारको राफसाफ तथा फछ्यौट नगरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मनि वर्ल्ड सेक्युरिटिज प्रालिलाई तीन कार्य दिनका लागि निलम्बन गरेको छ ।
धितोपत्र कारोबार सञ्चालन विनियमावलीको प्रावधानअनुसार नेप्सेले उक्त कारबाही अघि बढाएको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मंसिर ९ गते पत्राचार गर्दै राफसाफ प्रक्रियामा ढिलाइ भएको उल्लेख गरी निलम्बनका लागि नेप्सेसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नेप्सेले यो निर्णय लिएको हो ।
यो कारबाहीसँगै मनि वर्ल्ड सेक्युरिटिजमा मात्र डिम्याट तथा कारोबार खाता (टीएमएस) सञ्चालन गरिरहेका लगानीकर्ताहरू निलम्बन अवधिभर सेयर खरिद–बिक्री गर्नबाट वञ्चित हुने भएका छन् ।
KATHMANDU — The Nepal Stock Exchange (NEPSE) has suspended Money World Securities Pvt. Ltd. for three working days for failing to settle and clear securities transactions within the stipulated timeframe.
NEPSE initiated the action in accordance with the provisions of the Securities Trading Operation Bylaws. Earlier on Mangsir 9, CDS and Clearing Limited wrote to NEPSE recommending the suspension, citing delays in the settlement process. The exchange took the decision based on that recommendation.
Following this action, investors who hold their Demat and Trading Management System (TMS) accounts exclusively with Money World Securities will be barred from buying or selling shares during the suspension period.