
सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब नाघ्यो, जीडीपीको ४४.८७ प्रतिशत पुग्यो दायित्वNepal's Public Debt Exceeds Rs 2.961 Trillion, Reaches 44.87% of GDP
काठमाडौं। नेपालको सार्वजनिक ऋण दायित्व चालु आर्थिक वर्षको पहिलो ११ महिनामै २९ खर्ब ६१ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। आर्थिक वर्षको सुरुआतको तुलनामा करिब २ खर्ब ८७ अर्ब रुपैयाँले ऋण बढेसँगै कुल सार्वजनिक ऋण देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.८७ प्रतिशत पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋण ५३.४९ प्रतिशत र आन्तरिक ऋण ४६.५१ प्रतिशत रहेको छ। सरकारले विकास आयोजना सञ्चालन तथा बजेट व्यवस्थापनका लागि ऋण परिचालन गरिरहेको भए पनि वैदेशिक ऋण अपेक्षाअनुसार प्राप्त हुन नसक्दा आन्तरिक ऋणमा निर्भरता बढ्दै गएको देखिएको छ।
चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको ऋण परिचालन लक्ष्यको करिब ७० प्रतिशत मात्रै हासिल भएको छ। प्राप्त कुल ऋणमध्ये अधिकांश हिस्सा आन्तरिक स्रोतबाट जुटाइएको छ भने बाह्य ऋण परिचालन अपेक्षाभन्दा निकै कम रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यता सार्वजनिक ऋणको आकार बढ्दै जाँदा त्यसको साँवा र ब्याज भुक्तानीको दायित्व पनि निरन्तर बढिरहेको छ। यसले आगामी वर्षहरूमा सरकारी वित्त व्यवस्थापनमा थप दबाब सिर्जना गर्न सक्ने अर्थविद्हरूको भनाइ छ।
विशेषगरी अमेरिकी डलरको विनिमय दर उच्च रहँदा वैदेशिक ऋणको नेपाली रुपैयाँमा मूल्यसमेत बढेको छ। विनिमय दरमा आएको यही परिवर्तनले सार्वजनिक ऋणको कुल आकार अझै विस्तार भएको प्रतिवेदनले औंल्याएको छ।
सरकारले विकास निर्माण र आर्थिक गतिविधि विस्तारका लागि ऋणलाई आवश्यक वित्तीय स्रोतका रूपमा प्रयोग गरिरहेको भए पनि ऋणको बढ्दो दायित्व, कमजोर वैदेशिक ऋण परिचालन तथा बढ्दो ब्याज भारले आगामी दिनमा ऋण व्यवस्थापन सरकारका लागि चुनौतीपूर्ण बन्न सक्ने संकेत देखिएको छ।
Kathmandu: Nepal's total public debt has surpassed Rs 2.961 trillion during the first 11 months of the current fiscal year, according to the Public Debt Management Office (PDMO).
Compared to the beginning of the fiscal year, the country's public debt has increased by approximately Rs 287 billion, pushing the debt-to-GDP ratio to 44.87 percent.
The PDMO reported that 53.49 percent of the total public debt consists of external borrowings, while 46.51 percent is made up of domestic debt. Although the government has been mobilizing loans to finance development projects and manage the national budget, lower-than-expected foreign borrowing has led to greater reliance on domestic debt.
The report states that the government has achieved only around 70 percent of its annual borrowing target for the current fiscal year. Most of the funds raised have come from domestic sources, while external loan mobilization has remained significantly below expectations.
At the same time, the government's obligations for principal repayment and interest payments continue to rise as the overall debt stock expands, increasing pressure on public finances.
The report also highlights that fluctuations in foreign exchange rates, particularly the appreciation of the US dollar, have contributed to the increase in Nepal's public debt when measured in local currency.
While public borrowing remains an important tool for financing infrastructure and economic development, the growing debt burden, weaker-than-expected external financing, and rising debt servicing costs indicate that effective debt management will remain a major challenge for the government in the coming years.



