
बालेन सरकार आएयता नेप्सेमा ३५० अंकको गिरावट, ६ महिनायताकै न्यून बिन्दुमा बजारNepal’s Stock Market Falls to Six-Month Low as NEPSE Drops to 2,600 Points
काठमाडौं । नेपालको शेयर बजार पछिल्लो समय लगातार ओरालो लागिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०० को बिन्दुमा झरेसँगै बजार ६ महिनायताकै न्यून स्तरमा पुगेको छ ।
नयाँ सरकार गठन र शेयर बजारमैत्री नीति आउने अपेक्षा गरिए पनि लगानीकर्तामा उत्साह देखिन सकेको छैन । बरु बजारमा निराशा बढ्दै गएको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा सरकार गठन भएपछि शेयर बजारमा सुधार आउने अपेक्षा गरिएको थियो । निर्वाचनअघि रास्वपाले आफ्नो वाचा पत्रमार्फत शेयर बजार सुधारका लागि विभिन्न नीति ल्याउने प्रतिबद्धता जनाएको थियो । तर, सरकार गठनपछि पनि बजारले सकारात्मक गति लिन सकेन ।
बालेन सरकारले शपथ ग्रहण गर्नुभन्दा अघिल्लो दिन अर्थात् चैत १२ गते नेप्से परिसूचक २ हजार ९५०.१६ बिन्दुमा पुगेको थियो । तर, त्यसयता बजार निरन्तर दबाबमा रहँदै आएको छ । पछिल्लो कारोबारसम्म आइपुग्दा नेप्से परिसूचक २ हजार ६ सयको आसपासमा झरेको छ ।
यस अवधिमा नेप्से परिसूचक करिब ३५० अंकले घटेको छ । बजारको यो गिरावटलाई पछिल्लो समयकै ठूलो करेक्सनका रूपमा हेरिएको छ ।
नेप्से २६०० बिन्दुमा झरेसँगै यो करिब ६ महिनायताकै न्यून स्तर बनेको छ । गत पुस ९ गते नेप्से २५९७ बिन्दुमा बन्द भएको थियो । त्यसपछि बजारले केही सुधार गर्दै चैत ११ गते २ हजार ९७० बिन्दुसम्मको उच्च स्तर छोएको थियो ।
तर, त्यसपछि भने बजारमा निरन्तर बिक्री चाप देखिएको छ । लगानीकर्ताको मनोबल कमजोर हुनु, नीतिगत स्पष्टताको अभाव, तरलता अवस्था तथा बजारप्रतिको विश्वासमा कमी आउनुले शेयर बजार दबाबमा परेको विश्लेषकहरूको भनाइ छ ।
सरकार परिवर्तनसँगै देखिएको अपेक्षित सकारात्मक प्रभाव बजारमा नदेखिएपछि अहिले लगानीकर्ताहरू आगामी नीति, मौद्रिक अवस्था र बजार सुधारका सम्भावित कदमतर्फ ध्यान दिइरहेका छन् ।
Kathmandu: Nepal’s stock market has continued its downward trend in recent weeks, with the Nepal Stock Exchange (NEPSE) index falling to around 2,600 points. The decline has pushed the market to its lowest level in the past six months.
Despite the formation of a new government and announcements of new policies, investor confidence has failed to improve. Instead of showing optimism, investors appear increasingly concerned, according to recent market trends.
After the government led by senior leader of the Rastriya Swatantra Party (RSP), Balendra Shah, was formed, many investors had expected the stock market to gain momentum. Before the election, the RSP had also included several stock market-friendly policies in its election manifesto. However, the market started declining from the very next day after the new government was formed.
A day before Balendra Shah’s government took oath, on Chaitra 12, the NEPSE index had reached a high of 2,950.16 points. However, since then, the index has fallen significantly and currently stands around the 2,600-point level.
Since the formation of the Balendra Shah-led government, the NEPSE index has declined by around 350 points, marking a significant correction in the market.
With NEPSE falling to 2,600 points, the index has reached its lowest level in nearly six months. The market had previously closed at 2,597 points on Poush 9. After that, NEPSE gradually recovered and reached its highest point of 2,970 on Chaitra 11.
However, following that peak, the market has remained under continuous selling pressure. Analysts attribute the decline to factors such as weak investor sentiment, uncertainty over policies, liquidity conditions, and a lack of confidence in the market.
Investors are now closely watching upcoming government policies, monetary conditions, and possible measures aimed at improving market confidence and stability.




