काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार मंसिर ११ गते दुई वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले एनआईसी एसिया बैंक लिमिटेड (NICA) को ५० प्रतिशत हकप्रद सेयर र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) को ६ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो।
अघिल्लो कारोबार दिन बिहीबार कायम अन्तिम मूल्यलाई आधार मान्दै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको छ। बिहीबार प्रतिकित्ता ३२५ रुपैयाँमा अन्तिम कारोबार भएको एनआईसी एसिया बैंकको सेयर मूल्य ५० प्रतिशत हकप्रद समायोजनपछि २५० रुपैयाँ कायम भएको छ। त्यसैगरी, अघिल्लो दिन १ हजार १११ रुपैयाँमा कारोबार बन्द भएको ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य ६ प्रतिशत बोनस सेयर समायोजनपछि १ हजार ४८ रुपैयाँ ११ पैसा तोकिएको छ।
नेप्सेले निर्धारण गरेको यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ।
The Nepal Stock Exchange (NEPSE) adjusted the share prices of two financial institutions on Friday, Mangsir 11. The exchange revised the prices of NIC Asia Bank Limited (NICA) following its 50 percent rights share issue and Global IME Laghubitta Bittiya Sanstha Limited (GILB) after its 6 percent bonus share distribution.
NEPSE determined the new opening rates based on the closing prices recorded on the previous trading day, Thursday. Following the adjustment for the 50 percent rights shares, NIC Asia Bank's share price has been fixed at Rs 250 per unit, down from Thursday's closing price of Rs 325. Similarly, Global IME Laghubitta's share price has been adjusted to Rs 1,048.11 per unit from its previous close of Rs 1,111 after accounting for the 6 percent bonus shares.
Secondary market trading for both companies will open based on these newly adjusted reference prices.