निभिक्स् फर्मास्यूटिकल्स लिमिटेडले पुँजी वृद्धि तथा आईपीओ निष्कासनका मुख्य एजेन्डासहित विशेष साधारण सभा (एसजीएम) आह्वान गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकको निर्णयानुसार आगामी असोज २६ गते सोमबार पोखराको बुलौदीस्थित पोखरा ईभेन्ट सेन्टरमा बिहान ११ बजे सभा बस्ने तय भएको हो।
उक्त विशेष साधारण सभामा कम्पनीको अधिकृत तथा जारी पुँजी विस्तार गर्ने मुख्य प्रस्ताव पेस गरिनेछ। हाल कायम ५५ करोड रुपैयाँ अधिकृत र जारी पुँजीलाई बढाएर ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ पुर्याउने योजना कम्पनीको छ। सोही संशोधित पुँजीका आधारमा ४० प्रतिशत हकप्रद सेयर (राइट सेयर) जारी गर्ने र सोसँग सम्बन्धित सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेन्डा राखिएको छ।
कम्पनीले आफ्नो पुँजी संरचनामा समेत परिमार्जन गर्ने तयारी गरेको छ। जसअन्तर्गत संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याइनेछ भने सर्वसाधारणका लागि साविकको २५ प्रतिशत संशोधन गरी २० प्रतिशत बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने निर्णय सभाबाट गराइनेछ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २० गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ। यसअनुसार असोज १९ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र प्रस्तावहरूमा सहभागी हुन योग्य हुनेछन्।
Nivix Pharmaceuticals Limited has announced a Special General Meeting (SGM) to endorse key proposals regarding its capital expansion and an upcoming Initial Public Offering (IPO). The meeting is scheduled to take place on October 12, 2026 (Ashwin 26, 2083), at the Pokhara Event Center in Bulaudi, Pokhara, commencing at 11:00 AM.
A primary agenda of the SGM is to approve a substantial increase in the company's authorized and issued capital. The board has proposed raising the current capital from Rs. 550 million to Rs. 721.87 million. In alignment with this expanded capital base, the company will table a special resolution to issue 40 percent right shares, granting the board of directors full authority to proceed with the issuance.
Furthermore, the pharmaceutical company is set to restructure its shareholding composition. The special assembly will discuss amending the Articles of Association to increase the promoter shareholding from 75 percent to 80 percent. Consequently, the allocation for the general public will be revised from the previous 25 percent down to 20 percent. The SGM will also officially pass the resolution to issue an IPO equivalent to this 20 percent public stake.
For the purpose of convening the SGM, the company has announced a book closure date on Ashwin 20, 2083. Therefore, only shareholders registered in the company's book by Ashwin 19, 2083, will be eligible to attend the assembly and participate in the decision-making process.