संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत आयोजनाका लागि १२ अर्ब रुपैयाँको लगानी सुनिश्चित भएको छ। सांग्रिला ऊर्जा लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ६ वटा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका हुन्। कुल लागतको बाँकी ३ अर्ब रुपैयाँ भने घलेम्दी हाइड्रोसहितका संस्थापकहरूको स्वपुँजी (इक्विटी) बाट जुटाइनेछ। ऋण लगानीतर्फ प्रभु र लुम्बिनी विकास बैंक सह–अगुवा तथा मुक्तिनाथ विकास, एनआईसी एसिया र सांग्रिला डेभलपमेन्ट बैंक सदस्यका रूपमा रहेका छन्।
प्रतिमेगावाट लागत करिब १९ करोड रुपैयाँ मात्र अनुमान गरिएको यस आयोजनालाई आर्थिक र प्राविधिक रूपमा निकै आकर्षक मानिएको छ। दैनिक ४ घण्टा पूर्ण क्षमतामा चल्ने गरी डिजाइन गरिएको आयोजनामा प्रमुख सेयरधनी घलेम्दी हाइड्रोको मात्रै १ अर्ब १० करोड रुपैयाँ लगानी रहनेछ। आयोजनाको ‘हेड’ ९०० मिटरभन्दा बढी रहेको र मुख्य संरचना नदी सतहबाट ४५ मिटर माथि बन्ने भएकाले बाढी वा हिमपहिरोको जोखिम नरहेको कम्पनीले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको यस आयोजनाले रुख कटानको स्वीकृति, १४ किलोमिटर पहुँचमार्ग र क्याम्प निर्माणको काम सम्पन्न गरिसकेको छ। निकै विकट मानिने याक खर्कमा हाल हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर काम अघि बढाइएको छ। उत्पादित बिजुली ५५ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमार्फत प्राधिकरणको शीतलपाटी सबस्टेसनमा जोडिनेछ, जसका लागि अन्य जलविद्युत आयोजनासँगको साझेदारीमा प्रसारण लाइन निर्माण गरिनेछ।
भूमिगत विद्युत्गृह रहने यस आयोजनाबाट वार्षिक ३७ करोड १८ लाख युनिट विद्युत् उत्पादन हुनेछ। विद्युत् उत्पादन सुरु भएको पहिलो वर्षमै करिब २ अर्ब २७ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ। निर्धारित समयभित्रै आयोजना सम्पन्न गर्न प्रतिबद्ध रहेको सांग्रिला ऊर्जाले बाजुरामा १७१ मेगावाटको अर्को जलाशययुक्त (स्टोरेज) आयोजनाको समेत सम्भाव्यता अध्ययन गरिरहेको जनाएको छ।
Financial closure has been achieved for the 63-megawatt Chhujung Khola Peaking Run-of-the-River (PROR) Hydropower Project, located in Bhotkhola Rural Municipality of Sankhuwasabha. Promoted by Shangrila Urja Limited, the project secured a total investment of NPR 12 billion. A consortium of six financial institutions led by Machhapuchchhre Bank will provide NPR 9 billion in debt financing, while the remaining NPR 3 billion will be injected as equity by promoters. Prabhu Bank and Lumbini Bikas Bank are co-leads in the consortium, alongside members Muktinath Bikas, NIC Asia, and Shangrila Development Bank.
Estimated at a highly cost-effective NPR 190 million per megawatt, the project is designed to operate at full capacity for four hours daily during the dry season. Ghalemdi Hydro Limited is the major equity shareholder, contributing NPR 1.10 billion. Developers claim the project is insulated from flood and avalanche risks, as its main structures will be built 45 meters above the river level, utilizing a high water head of over 900 meters.
The company has already signed a Power Purchase Agreement (PPA) with the Nepal Electricity Authority (NEA). Preliminary groundwork is complete, including tree clearance, the construction of a 14-kilometer access road, and camp setups. Due to the extreme topography of the Yak Kharka site, construction materials are currently being airlifted by helicopters. Once generated, the electricity will be evacuated to the NEA's Shitalpati substation via a 55-kilometer, 220 kV transmission line, which Shangrila Urja plans to build in partnership with other developers in the river corridor.
Featuring an underground powerhouse, the project is projected to generate 371.8 million units of electricity annually, yielding an estimated revenue of NPR 2.27 billion in its first year of operation. Moving forward with this momentum, Shangrila Urja has also initiated a feasibility study for a massive 171-megawatt storage-type hydropower project in Bajura district.