काठमाडौँ — नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सोमबार ‘एनआरबी फिन्टेक इनोभेसन शोकेस इभेन्ट २०२६’ सम्पन्न भएको छ । डिजिटल वित्तीय सेवाको विस्तार र प्रविधिमा आधारित नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीमा बैंक, वित्तीय संस्था र प्रविधि कम्पनी गरी २७ वटा संस्थाले आफ्ना नवीनतम प्रविधि र सेवाहरू प्रस्तुत गरेका थिए ।
प्रदर्शनीमा विशेषगरी डिजिटल बैंकिङ, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, डिजिटल भुक्तानी र वित्तीय जोखिम व्यवस्थापनलगायतका विषय समेटिएका थिए । कार्यक्रमको उद्घाटन गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन राष्ट्र बैंकको प्रमुख प्राथमिकतामा रहेको बताए । फिन्टेकको विस्तारले वित्तीय क्षेत्रमा अवसरसँगै जोखिम पनि थपेको औँल्याउँदै उनले नवीन प्रविधिको प्रयोग गर्दा वित्तीय स्थायित्व र ग्राहकको सुरक्षा सुनिश्चित गर्न नियमनकारी निकाय थप सचेत रहेको स्पष्ट पारे ।
सोही अवसरमा सीमान्तकृत तथा परम्परागत बैंकिङ पहुँचभन्दा बाहिर रहेका वर्गसम्म प्रविधिको माध्यमबाट कसरी कर्जा र वित्तीय सेवा पुर्याउन सकिन्छ भन्ने विषयमा प्यानल छलफलसमेत गरिएको थियो । हालै सार्वजनिक भएको ‘फिन्टेक रणनीति (२०२६/२७–२०३०/३१)’ कार्यान्वयन गर्ने सिलसिलामा ‘एनआरबी फिन्टेक नेक्सस’ संयन्त्रमार्फत यो कार्यक्रम आयोजना गरिएको हो । आगामी दिनमा वित्तीय प्रविधिको विकास र सहकार्य बढाउन ह्याकाथन, कार्यशाला र नवप्रवर्तन चुनौतीजस्ता थप कार्यक्रमहरू सञ्चालन गर्ने राष्ट्र बैंकको योजना छ ।
KATHMANDU — The Nepal Rastra Bank (NRB) hosted the 'NRB Fintech Innovation Showcase Event 2026' at its central office on Monday. Organized with the objective of expanding digital financial services and fostering technology-driven innovation, the exhibition featured 27 institutions, including banks, financial institutions, and tech companies, showcasing their latest digital products and services.
The exhibition primarily focused on areas such as digital banking, cyber security, cloud computing, digital payments, and financial risk management. Inaugurating the event, NRB Governor Prof. Dr. Bishwanath Poudel stated that the promotion of technology-based financial services remains a top priority for the central bank. Pointing out that the expansion of fintech brings both opportunities and new risks, he emphasized that the regulatory body is highly vigilant in ensuring financial stability and customer protection while adopting these modern technologies.
During the event, a panel discussion was also held focusing on how to deliver credit and financial services via digital platforms to marginalized communities and those outside the reach of traditional banking. The showcase was organized under the 'NRB Fintech Nexus' mechanism as part of the implementation of the central bank's recently unveiled 'Fintech Strategy (2026/27–2030/31)'. Moving forward, the NRB plans to host additional programs, including hackathons, workshops, and innovation challenges, to further boost development and collaboration within the financial technology sector.