NEPSEtrading

Live NEPSE data, charts, broker analysis and portfolio tools for investors in Nepal.

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Marketminds Investment Group Private Limited

Registration
DOIB certificate no. 4680-2081/2082
Editor-in-chief
Dipesh Ghimire, Director
9802363868, 9851119988
Office
Koteshwor 32, Kathmandu
Phone
01-5253221, +977 9709066745
Email

Contact support

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

Get the app

Markets, signals and alerts on your phone.

Get it onGoogle Play

More from NEPSE Trading

  • Stock EducationFree share market courses
  • EconomyNepal and world economic data
  • BFIS CompareBank rates, loans and insurance
  • Nepal's CapitalsMutual fund NAV and dividends
  • JobsNepalJobs in Nepal

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

© 2026 nepsetrading.com. All rights reserved. Owned and operated by Marketminds Investment Group Private Limited.·Charts powered by TradingView

  • Portfolio
  • Explore
  • Calendar
  • Chart
  • Social
  • News
  • Account
  1. News
  2. Stock
  3. PM Balen's Proposal at the UN: Establish a 'Himalayan Climate Mechanism' Involving Nepal, ...

संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेनको प्रस्ताव : नेपाल, भारत र चीन सम्मिलित ‘हिमालय जलवायु संयन्त्र’ बनाऔँPM Balen's Proposal at the UN: Establish a 'Himalayan Climate Mechanism' Involving Nepal, India, and China

NEPSE TRADINGPublished on September 25, 20262 min read
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेनको प्रस्ताव : नेपाल, भारत र चीन सम्मिलित ‘हिमालय जलवायु संयन्त्र’ बनाऔँ

न्युयोर्क : प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनले निम्त्याएको सङ्कटविरुद्ध लड्न नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ (हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम) स्थापना गर्न विश्व समुदायसमक्ष प्रस्ताव गरेका छन्। महासभामा जलवायु न्याय र हिमाली क्षेत्रको सङ्कटबारे खरो रूपमा प्रस्तुत भएका उनले विकसित राष्ट्रहरूको दोहोरो चरित्रमाथि प्रश्न उठाउँदै विश्वव्यापी आपूर्ति शृङ्खला र न्याय प्रणालीको कडा आलोचना गरेका छन्।

नेपालमा करिब एक महिनाअघि भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै प्रधानमन्त्री शाहले यसलाई विश्वकै लागि आसन्न सङ्कटको गम्भीर चेतावनीका रूपमा अर्थ्याएका छन्। बाढीका कारण १४ सयभन्दा बढीको मृत्यु पुष्टि भइसकेको र ६ हजारभन्दा बढी अझै बेपत्ता रहेको कहालीलाग्दो तथ्याङ्क प्रस्तुत गर्दै उनले यो विपद्लाई केवल स्थानीय त्रासदी नभई जलवायु परिवर्तनको विश्वव्यापी परिणाम भएको दाबी गरे। भौतिक संरचनाको पुनर्निर्माणका लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १० प्रतिशत बजेट आवश्यक पर्ने औंल्याउँदै उनले सन् २०१५ को भूकम्पपछिको जस्तै अन्तर्राष्ट्रिय ऐक्यबद्धता र अनुदान सहयोगको अपिल गरेका छन्।

प्रधानमन्त्रीले अघि सारेको ‘हिमालय जलवायु संयन्त्र’ले विशेष गरी त्रिदेशीय (नेपाल, भारत र चीन) सहकार्यमा जोड दिएको छ। हिन्दुकुश हिमालय क्षेत्रका करिब २ अर्ब मानिसको पानी र जीविकोपार्जनसँग जोडिएको यो भूगोललाई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्ने उनको तर्क छ। यस संयन्त्रमार्फत भूउपग्रहको तथ्याङ्क आदानप्रदान, जोखिमयुक्त हिमतालको अनुगमन, संयुक्त पूर्वचेतावनी प्रणालीको विकास र विपद्का बेला सीमापार समन्वय गर्न सकिने खाका उनले प्रस्तुत गरेका छन्। हिमनदी पग्लिने र बाढी आउने क्रमले देशको सिमाना र राहदानी नहेर्ने भन्दै उनले साझा सङ्कटविरुद्ध साझा मोर्चाको आवश्यकता औंल्याएका हुन्।

महासभाको रोस्ट्रमबाट प्रधानमन्त्री शाहले वर्तमान अन्तर्राष्ट्रिय विश्व व्यवस्थाप्रति निकै तीखो असन्तुष्टि व्यक्त गरे। उनले हतियार र क्षेप्यास्त्रहरू संसारको जुनसुकै कुनामा ७२ घण्टाभित्र पुग्न सक्ने तर गरिब देशका किसानले समयमा मल र इन्धन नपाउने विद्यमान अवस्थालाई 'वितरणात्मक न्याय'को चरम विफलता भनेका छन्। नेपालको हरितगृह ग्यास उत्सर्जन ०.१ प्रतिशतभन्दा कम रहे पनि त्यसको ठूलो मूल्य चुकाउनुपरेको भन्दै उनले क्षतिपूर्ति, राहत र पुनर्निर्माणका लागि ऋण नभई सहज अनुदान दिनुपर्ने माग राखे। जलवायु न्यायलाई केवल संयुक्त राष्ट्रसंघको दस्ताबेजमा सीमित राख्न नहुने उनको चेतावनी थियो।

यस वर्षको महासभालाई सम्बोधन गर्ने सम्भवतः सबैभन्दा कान्छो सरकार प्रमुखका रूपमा प्रस्तुत भएका शाहले युवा पुस्ताले इमानदारी र जवाफदेहिताको राजनीति खोजेको स्पष्ट पारे। आफ्नो सरकार टालटुले प्रतिक्रियाभन्दा पनि दीर्घकालीन तयारी, बलियो पूर्वाधार र नवप्रवर्तनमा लगानी गर्न कटिबद्ध रहेको उनको भनाइ थियो। सम्बोधनको अन्त्यमा उनले भगवान् पशुपतिनाथ र बुद्धको स्मरण गर्दै विपद्पछिको 'राहत, पुनर्स्थापना र पुनर्निर्माण' सँगै विकसित राष्ट्रहरूको 'जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता' लाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन्।

New York: Addressing the 81st General Assembly of the United Nations, Prime Minister Balen Shah has proposed the establishment of a 'Himalayan Climate Resilience Mechanism' led by Nepal, India, and China to combat the crisis brought about by climate change. Speaking boldly on climate justice and the crisis in the Himalayan region, he questioned the double standards of developed nations and fiercely criticized the global supply chain and justice system.

Terming the devastating floods in the Bhote Koshi and Trishuli rivers in Nepal about a month ago as a 'Himalayan Tsunami,' Prime Minister Shah interpreted the disaster as a severe warning of an impending global crisis. Presenting staggering statistics of over 1,400 confirmed deaths and more than 6,000 still missing due to the floods, he claimed the catastrophe is not merely a local tragedy but a worldwide consequence of climate change. Pointing out that around 10 percent of the Gross Domestic Product (GDP) is required for the reconstruction of physical infrastructure, he appealed for international solidarity and grant assistance akin to the aftermath of the 2015 earthquake.

The 'Himalayan Climate Mechanism' proposed by the Prime Minister specifically emphasizes trilateral cooperation between Nepal, India, and China. He argued that this geography, linked to the water and livelihoods of approximately 2 billion people in the Hindu Kush Himalaya region, should serve as a laboratory for international collaboration. Through this mechanism, he presented a framework to facilitate satellite data exchange, monitoring of high-risk glacial lakes, development of joint early warning systems, and cross-border coordination during disasters. Noting that melting glaciers and floods do not recognize national borders or require passports, he highlighted the urgent need for a united front against a common crisis.

From the rostrum of the General Assembly, Prime Minister Shah expressed sharp dissatisfaction with the current international world order. He described the existing paradigm—where weapons and missiles can reach any corner of the world within 72 hours, yet farmers in poor countries cannot get fertilizers and fuel on time—as a catastrophic failure of 'distributive justice.' Stating that Nepal is paying a heavy price despite its greenhouse gas emissions being less than 0.1 percent, he demanded accessible grants rather than loans for compensation, relief, and reconstruction. He warned that climate justice must not remain confined to UN documents.

Presenting himself as possibly the youngest head of government to address the General Assembly this year, Shah made it clear that the younger generation demands a politics of honesty and accountability. He stated that his government is committed to investing in long-term preparedness, robust infrastructure, and innovation rather than patchwork, reactionary responses. Concluding his address, he invoked Lord Pashupatinath and Buddha, emphasizing the need to simultaneously advance post-disaster 'relief, rehabilitation, and reconstruction' alongside the 'responsibility, compensation, and resilience' of developed nations.

Trending News

  • प्राविधिक चार्टमा 'बुलिस मारुबोजु' क्यान्डलसँगै अवरोधक ट्रेन्डलाइन ब्रेकआउटTurnover crosses Rs 5.55 billion; Global IME Bank draws heavy investor interest

    NEPSE TRADING24 Nov, 2026

  • लक्ष्मी सनराइज बैंकको १ लाख ५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमाLaxmi Sunrise Bank Opens 105,000 Promoter Shares to the General Public

    NEPSE TRADING24 Nov, 2026

  • प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा, १५ दिनभित्र आवेदन दिन सकिनेPrime Commercial Bank Opens Promoter Shares to General Public with 15-Day Application Window

    NEPSE TRADING24 Nov, 2026

Related News

  • प्राविधिक चार्टमा 'बुलिस मारुबोजु' क्यान्डलसँगै अवरोधक ट्रेन्डलाइन ब्रेकआउटTurnover crosses Rs 5.55 billion; Global IME Bank draws heavy investor interest
  • लक्ष्मी सनराइज बैंकको १ लाख ५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमाLaxmi Sunrise Bank Opens 105,000 Promoter Shares to the General Public
  • प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा, १५ दिनभित्र आवेदन दिन सकिनेPrime Commercial Bank Opens Promoter Shares to General Public with 15-Day Application Window
  • गोल्याण पावरको विशेष साधारण सभा मंसिर २४ मा, विद्युत् कम्पनीमा गरिएको लगानी अनुमोदन गरिनेGolyan Power Calls SGM on Mangsir 24 to Endorse Investments in Hydropower Companies
  • रिलायबल नेपाल लाइफको ४६ लाख ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य २५० रुपैयाँ4.67 Million Promoter Shares of Reliable Nepal Life Put Up for Sale at Rs 250 Minimum Price