काठमाडौँ — प्राइम कमर्सियल बैंक लिमिटेडका केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेका छन्। बैंकले मंगलबार (मंसिर ८ गते) एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक सर्वसाधारण व्यक्ति तथा संस्थालाई उक्त शेयर खरिदका लागि आह्वान गरेको हो।
यसअघि बैंकले गत असार २५ गते विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिँदै ३५ दिने सूचना प्रकाशित गरेको थियो। उक्त अवधिभित्र विद्यमान संस्थापकहरूबाट खरिदका लागि आवेदन नपरेपछि प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले स्पष्ट पारेको छ।
उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौँको कमलपोखरीस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ। शेयर बिक्री गर्ने संस्थापकहरूको विवरण तथा बिक्री मूल्यका सम्बन्धमा सोही कार्यालयबाट जानकारी लिन सकिने बैंकले जनाएको छ।
KATHMANDU — Existing promoter shareholders of Prime Commercial Bank Limited have put their promoter shares up for sale to the general public. The bank issued a public notice on Tuesday (Mangsir 8) inviting interested individuals and institutions to apply for purchasing the shares.
Previously, the bank had published a 35-day notice on Asar 25 granting first priority to its existing promoter shareholders. As no applications were received from current promoters within that stipulated period, the shares have now been opened to the general public in accordance with prevailing laws and Nepal Rastra Bank directives, the bank stated.
Interested members of the general public must contact the Company Secretary's office at the bank's central office in Kamalpokhari, Kathmandu, within 15 days from the date of notice publication. Details regarding the names of the selling promoters and the share price can be obtained directly from the same office, according to the bank.