काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले आगामी असोज २९ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ सर्वसाधारण र व्यक्तिगत तवरबाट बिक्री खुला गर्न लागेको हो।
बैंकका अनुसार प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता निष्कासन गरिनेछ। जसमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट (प्राइभेट प्लेसमेन्ट) बिक्री गरिनेछ। बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता भने सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको कुल कोटाबाट ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि सुरक्षित गरिएको छ।
यस ऋणपत्रमा लगानी गर्न चाहनेले न्यूनतम २५ कित्तादेखि अधिकतम उपलब्ध सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको यस निष्कासनमा छिटोमा कात्तिक १० गते र पर्याप्त आवेदन नपरेको खण्डमा ढिलोमा कात्तिक १२ गतेसम्म फारम भर्न सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ एपमार्फत सहजै आवेदन दिन सक्नेछन्।
बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्स नेपालले ‘केयर–एनपी सिंगल ए प्लस’ रेटिङ दिएको छ। यसले बैंक समयमै आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्षम र सुरक्षित रहेको बलियो आधार प्रस्तुत गर्छ। यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले तोकिएको ६ प्रतिशत ब्याजदर हरेक आर्थिक वर्षको छ/छ महिनामा कर कट्टा गरेर प्राप्त गर्ने बैंकले स्पष्ट पारेको छ।
KATHMANDU — Rastriya Banijya Bank Limited (RBBL) is set to open the issuance of its debentures worth NPR 3 billion starting Ashwin 29. The bank is offering the "6% RBBL Debenture 2089," a 7-year financial instrument that will yield an annual interest rate of 6 percent.
The bank is issuing a total of 3 million units at a par value of NPR 1,000 per unit. Out of the total issuance, 60 percent (1.8 million units worth NPR 1.8 billion) will be allocated through private placement. The remaining 40 percent (1.2 million units worth NPR 1.2 billion) has been reserved for the general public. From the public quota, 5 percent (60,000 units) is strictly set aside for mutual funds.
Interested investors must apply for a minimum of 25 units, with the option to apply for up to the total available units. The issue will close on Kartik 10 at the earliest, or extend to Kartik 12 if it remains undersubscribed. Kumari Capital Limited has been appointed as the issue manager. Applications can be submitted through any C-ASBA member banks and financial institutions, or via the 'Mero Share' online portal.
CARE Ratings Nepal has assigned a 'CARE-NP Single A Plus' rating to this debenture, indicating a high degree of safety regarding the bank's capacity to meet its financial obligations on time. The bank has stated that investors will receive their 6 percent annual interest in semi-annual installments, after necessary tax deductions.