काठमाडौं — आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्ना दुई म्युचुअल फण्ड योजनाका इकाइधनीहरूलाई प्रतिफल (नगद लाभांश) वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीहरूलाई उक्त लाभांश बाँड्ने निर्णय गरेको हो ।
योजना व्यवस्थापक आरबिबिको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले दुवै योजनाको लाभांश दर तय गरेको हो । सञ्चालक समितिको निर्णयअनुसार ‘आरबिबि म्युचुअल फण्ड–१’ का इकाइधनीले करसहित २.७५ प्रतिशत नगद लाभांश पाउनेछन् । त्यस्तै, ‘आरबिबि म्युचुअल फण्ड–२’ का लगानीकर्तालाई करसहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गरिनेछ ।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज १२ गते बुक क्लोज गर्ने मिति तोकेको छ । यसको अर्थ, कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नका लागि लगानीकर्ताले असोज ११ गतेसम्म इकाइ खरिद गरी कायम रहेको हुनुपर्नेछ । ११ गतेसम्म कायम इकाइधनीहरू मात्रै यो प्रतिफलको हकदार हुनेछन् ।
Kathmandu — RBB Merchant Banking Limited has announced cash dividends for the unitholders of its two mutual fund schemes. The company decided to distribute these returns from the profits generated during the fiscal year 2082/83.
The dividend rates were finalized during the board of directors meeting of the fund manager, held on Ashwin 1. As per the board's decision, unitholders of 'RBB Mutual Fund-1' will receive a 2.75 percent cash dividend, including tax. Similarly, investors of 'RBB Mutual Fund-2' will be distributed a 6 percent cash return, inclusive of tax.
For the purpose of dividend distribution, the company has fixed the book closure date for Ashwin 12. This means that investors must purchase or hold their units by Ashwin 11 to be eligible for the announced dividends. Only those who remain registered as unitholders by that date will be entitled to receive the returns.