नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संस्थागत सुधार तथा दोस्रो बजारको आधुनिकीकरणका लागि नेपाल धितोपत्र बोर्ड र नेप्से नेतृत्वबीच छलफल भएको छ। सरकारद्वारा गठित पुनर्संरचना सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्दै कारोबार प्रणाली, प्रविधि र सुशासनमा व्यापक सुधार ल्याउने उद्देश्यले दुवै निकायका उच्च अधिकारीहरूबीच धितोपत्र बोर्डको कार्यालयमा छलफल सम्पन्न भएको हो।
छलफलमा धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले आधुनिक स्टक एक्सचेन्जका लागि पुँजी, सक्षम जनशक्ति र अत्याधुनिक प्रविधि अपरिहार्य रहेको बताउनुभयो। उहाँका अनुसार नेप्सेको स्वामित्व र पुँजीको पुनर्संरचनाका साथै बजार व्यवस्थापन, नयाँ लगानी उपकरण र सेवा विविधीकरणसँग सम्बन्धित ३० भन्दा बढी विषयमा बोर्डको नियामकीय अधिकार प्रयोग गरी द्रुत गतिमा सुधारका काम अघि बढाइनेछ।
नेप्से सञ्चालक समितिका अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव नारायण प्रसाद रिसालले यस छलफललाई पुँजी बजार सुधारको नयाँ प्रस्थानविन्दु भन्नुभयो। उहाँले प्रतिवेदनमा उल्लेख भएका तत्काल कार्यान्वयन गर्न सकिने सुझावहरूलाई प्राथमिकतामा राखेर नेप्सेको प्रविधि, संस्थागत सुशासन र लगानीका विकल्प विस्तार गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
छलफलका क्रममा बोर्डकी उपकार्यकारी निर्देशक अम्बिका ओझा गुप्ताले नेप्से पुनर्संरचना र दोस्रो बजार सञ्चालनलाई थप प्रभावकारी बनाउनेबारे तयार पारिएको नियामकीय खाका प्रस्तुत गर्नुभएको थियो। यो सुधार प्रक्रियाले नेपालको पुँजी बजारमा लगानीका विकल्प थप्न, कारोबार प्रणालीको विश्वसनीयता बढाउन र बजारमा पारदर्शिता कायम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
The leadership of the Securities Board of Nepal (SEBON) and the Nepal Stock Exchange (NEPSE) held a high-level meeting at SEBON’s office to advance institutional reforms and modernize the secondary market. The discussion focused on implementing the recommendations of the government-formed NEPSE Restructuring Advisory Committee, targeting trading infrastructure, corporate governance, and system reliability.
During the meeting, SEBON Chairman Dr. Gopal Prasad Bhatta highlighted that adequate capital, skilled human resources, and robust IT infrastructure are indispensable for a modern stock exchange. He stated that SEBON intends to leverage its regulatory mandate to simultaneously execute reforms across more than 30 key areas, including NEPSE’s capital and ownership restructuring, operational management, and product diversification.
Narayan Prasad Risal, Chairman of NEPSE’s Board of Directors and Joint Secretary at the Ministry of Finance, marked the joint meeting as a fresh milestone for capital market reform. He reaffirmed NEPSE’s commitment to prioritizing immediately actionable recommendations, while upgrading technology systems, improving corporate governance, and expanding investment instruments.
Additionally, SEBON Deputy Executive Director Ambika Ojha Gupta presented a detailed regulatory framework focused on executing the committee's suggestions and making secondary market management more efficient. SEBON expects this reform drive to broaden investment opportunities for investors, enhance trading system credibility, and reinforce market transparency across Nepal’s capital market.