NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Tourism Group Expands in Stock Market with New Company Listings
    शेयर बजारमा पर्यटन समूहको विस्तार, नयाँ कम्पनीहरूको प्रवेश
    Top
    1 min read
    Published on March 18, 2026
    NEPSETRADING

    शेयर बजारमा पर्यटन समूहको विस्तार, नयाँ कम्पनीहरूको प्रवेशTourism Group Expands in Stock Market with New Company Listings

    शेयर बजारमा पर्यटन क्षेत्रको विस्तार भइरहेको छ । विगतमा होटल समूहमा केवल तीन कम्पनी मात्रै सूचीकृत थिए, तर अहिले केबुलकार र हवाइ क्षेत्रका कम्पनीहरू पनि समावेश भएपछि समूहको दायरा र बजारमा हिस्सेदारी दुवै बढेका छन् । यसअघि उपत्यकामा पाँचतारे सोल्टी होटल, अन्तर्राष्ट्रिय र्याडिसन चेन सञ्चालन गर्ने ओरियन्टल होटल्स लि., र हायात रिजेन्सी व्यवस्थापन गर्ने तारागाउँ रिजेन्सी गरी तीन कम्पनी मात्र शेयर बजारमा उपस्थिति थिए ।पछिल्लो समय आईएमई समूहको लगानीमा चन्द्रागिरी हिल्स लिमिटेड सञ्चालनमा आएको छ, जसले केबुलकारसहित होटल पूर्वाधारमा काम गर्दै आएको छ। यस कम्पनीको लकिङ पिरियड खुलिसकेको छ र यसवर्ष ५ प्रतिशत लाभांश समेत दिएको छ। २०८० सालमा कालिञ्चोक दर्शन लिमिटेड र सिटी होटल लिमिटेड (हायात सेन्ट्रिक ब्रान्ड) पनि शेयर बजारमा आएका थिए, जहाँ दुवै कम्पनीको लकिङ अवधि खुल्दैछ।चालु आर्थिक वर्षमा मात्र बन्दिपुर केबुलकार एन्ड टुरिज्म लिमिटेड र होटल फरेष्ट इन लिमिटेड पनि बजारमा आएका छन्। नेप्सेले पर्यटनसँग सम्बन्धित कम्पनीहरूलाई एउटै समूहमा राखेपछि होटल, केबुलकार र हवाई उड्डयन कम्पनीहरूको कारोबार फराकिलो भएको छ।हाल नेप्सेमा पर्यटन समूहमा ८ कम्पनी सूचीकृत छन् भने १६ वटा कम्पनी आईपीओ पाइपलाइनमा छन्। सेबोनमा हालै श्री एयरलाइन्सले ६३ लाख कित्ता शेयर २ सय रुपैयाँ प्रिमियममा निष्काशनको आवेदन दिएको छ। कैलाश हेलिकोप्टर, प्रभु हेलिकोप्टर र यति एयरलाइन्सले पनि IPO प्रक्रिया अगाडि बढाइरहेका छन्। पाँचतारे होटलहरू जस्तै अकामा, वर्णवास म्युजियम, इच्छाले, एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केबलकार, ठमेल प्लाजा, माउन्टेन ग्लोरी, मौलाकालिका केवलकार, नगरकोट रिसोर्ट, होटल सबरीना, होलिडे इन एक्सप्रेस, अतिथि रिसोर्ट एन्ड स्पा, होटल पार्क ल्याण्डले पनि शेयर निष्काशनको अनुमति मागेका छन्। यसरी पर्यटन समूहमा लगानीको अवसर बढ्दै गएको छ र शेयर बजारमा यसको व्यापक प्रभाव देखिएको छ।
    The tourism sector in the stock market is gradually expanding. Previously, only three hotel companies were listed, but now with the inclusion of cable car and aviation companies, both the scope of the group and market participation have increased. Earlier, only three companies—Soltee Hotel, Oriental Hotels Ltd. operating Radisson, and Taragaon Regency managed by Hyatt Regency—were present in the capital’s market.Recently, Chandragiri Hills Limited, backed by the IME Group, has become operational, incorporating cable car and hotel infrastructure. Its lock-in period has ended, and the company has distributed a 5% dividend this year. In 2080 BS, Kalinchok Darshan Limited and City Hotel Limited (operating under Hyatt Centric brand) were also listed, with their lock-in periods now ending.This fiscal year alone, Bandipur Cable Car and Tourism Limited and Hotel Forest Inn Limited have entered the stock market. NEPSE’s grouping of tourism-related companies has expanded trading, now including hotels, cable cars, and aviation firms.Currently, eight companies are listed under the tourism group in NEPSE, while sixteen more are in the IPO pipeline. Recently, Sri Airlines applied to SEBON to issue 6.3 million shares at a premium of NPR 200. Kailash Helicopter, Prabhu Helicopter, and Yeti Airlines are also moving forward with IPO processes. Five-star hotels such as Akama, Varnavas Museum, Ichha, Apex Hospitality, Annapurna Cable Car, Thamel Plaza, Mountain Glory, Maulakalika Cable Car, Nagarkot Resort, Hotel Sabrina, Holiday Inn Express, Atithi Resort & Spa, and Hotel Park Land have also applied for share issuance. Investment opportunities in the tourism group are increasing, showing a significant impact on the stock market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026