NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Trump–Xi Meeting Signals Possible U.S.–China Trade Deal; Positive Talks Held in Busan
    ट्रम्प–सी भेटमा अमेरिका–चीन व्यापार सम्झौताका संकेत, बसानमा सकारात्मक वार्ता
    Top
    1 min read
    Published on October 30, 2025
    NEPSE TRADING

    ट्रम्प–सी भेटमा अमेरिका–चीन व्यापार सम्झौताका संकेत, बसानमा सकारात्मक वार्ताTrump–Xi Meeting Signals Possible U.S.–China Trade Deal; Positive Talks Held in Busan

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा अमेरिका–चीनबीच व्यापार सम्झौताको सम्भावना रहेको संकेत गरिएको छ। यो भेट दक्षिण कोरियाको बसानमा आयोजित २०२५ एपीइसी शिखर सम्मेलन अघि सम्पन्न भएको हो।

    पत्रकारहरूले सम्भावित व्यापार सम्झौताबारे सोध्दा राष्ट्रपति ट्रम्पले दुवै देशबीच सुमधुर समझदारी कायम हुने विश्वास व्यक्त गरे। उनले भने,

    “हामीबीच उत्कृष्ट बुझाइ छ। हाम्रो सम्बन्ध लामो समयसम्म शानदार रहनेछ।”

    राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई “कडा र सक्षम वार्ताकार” भन्दै प्रशंसा पनि गरे।

    राष्ट्रपति सीले भने, दुवै देशका आर्थिक टोलीबीच प्रमुख मुद्दामा आधारभूत सहमति जुटिसकेको जनाउँदै, यसले बसानमा भएको वार्ता सहज र परिणाममुखी बनाएको बताए।
    उनका शब्दमा,

    “हामीले प्रमुख चिन्ताका विषयमा प्रगतिशील परिणाम हासिल गरेका छौं। यो वार्ताले चीन–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउँदै दुवै देशको विकासका लागि सकारात्मक वातावरण तयार गर्नेछ।”

    गत केही महिनादेखि व्यापार विवाद चर्किएसँगै दुवै मुलुकबीच तनाव बढ्दै गएको थियो।
    यसै महिनाको प्रारम्भमा चीनले निर्यातमा नयाँ प्रतिबन्ध लगाएको थियो भने अमेरिकाले सफ्टवेयर र प्रविधि निर्यात रोक्ने चेतावनी दिएको थियो।

    वार्ताको पूर्वसन्ध्यामा अमेरिकाले फेन्टानिलको अवैध आपूर्ति नियन्त्रण, टिकटकलाई बाइट डान्सबाट अलग गराउने, शुल्क दर, प्रविधि प्रतिबन्ध र दुर्लभ खनिज व्यापार जस्ता मुद्दा वार्ताको एजेन्डामा समावेश गरेको थियो।

    एपिइसी आर्थिक नेतृत्व सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियाको ग्यङ्जुमा हुँदैछ। ट्रम्प–सीबीचको यो उच्चस्तरीय भेटवार्ताले दुई मुलुकबीचको सम्बन्धमा तनाव घटाउने र स्थिरता ल्याउने अपेक्षा गरिएको छ।

    A meeting between U.S. President Donald Trump and Chinese President Xi Jinping has signaled the possibility of a trade agreement between the two major economies. The talks were held ahead of the 2025 APEC Summit in Busan, South Korea.

    When asked by reporters about a potential trade deal, President Trump expressed optimism, saying both nations have reached a mutual understanding.

    “We have an excellent understanding. Our relationship will remain wonderful for a long time,” he said, while also describing President Xi as a “tough and skilled negotiator.”

    President Xi noted that economic teams from both countries have reached a basic consensus on key issues, which helped make the Busan talks smoother and more productive.

    “We have achieved progressive results on major concerns. Today’s discussion will strengthen China–U.S. relations and create a positive environment for the development of both nations,” Xi said.

    Trade tensions between the U.S. and China have escalated in recent months. Earlier this month, China imposed new export restrictions, prompting the U.S. to issue warnings about software and technology export controls.

    Ahead of the talks, the U.S. placed several issues on the agenda, including curbing the illegal supply of fentanyl, forcing TikTok’s separation from ByteDance, tariff rates, technology restrictions, and rare mineral trade policies.

    The APEC Economic Leaders’ Summit is scheduled for October 31 to November 1 in Gyeongju, South Korea. The Trump–Xi meeting, held just before the event, is seen as a crucial step toward reducing bilateral tensions and restoring stability in global trade relations.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026