काठमाडौं — मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावर कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। दुवै कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा कुल ८० लाख ७७ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डसँग स्वीकृति मागेका हुन्।
बोर्डमा पेस गरिएको विवरणअनुसार मिडिल मोदी हाइड्रोपावर लिमिटेडले ३० लाख ७७ हजार कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ। कास्कीमा १८ मेगावाटको मध्य मोदी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।
त्यसैगरी, सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेडले ५० लाख कित्ता आईपीओ जारी गर्न अनुमति मागेको छ। इलाममा १० मेगावाटको सिद्धिखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी उत्पादन थालिसकेको यस कम्पनीको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।
धितोपत्र बोर्डबाट आवश्यक अध्ययन र स्वीकृति प्राप्त भएपछि दुवै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्नेछन्।
Kathmandu — Middle Modi Hydropower and Siddhi Hydropower have applied to the Securities Board of Nepal (SEBON) seeking approval for their Initial Public Offerings (IPOs). Both companies have requested permission to issue a combined total of 8,077,000 shares at a face value of Rs. 100 per unit.
According to the details submitted to the board, Middle Modi Hydropower Limited has proposed issuing 3,077,000 shares. The company, which operates the 18 MW Middle Modi Hydropower Project in Kaski, has appointed Nabil Investment Banking Limited as its issue and sales manager.
Similarly, Siddhi Hydropower Company Limited has applied to issue 5,000,000 shares to the public. Having already completed construction and begun electricity generation from its 10 MW Siddhi Khola Hydropower Project in Ilam, the company has appointed Citizens Capital as its issue manager.
Following the necessary review and final approval from the Securities Board of Nepal, both companies will open the share sales to locals of the project-affected areas and the general public.