
आशुतोष इनर्जीको नवौँ वार्षिक साधारण सभा आह्वानAashutosh Energy Convenes 9th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on August 23, 2026
को
नवौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०५/०६ गते)
श्री आदरणीय शेयरधनीमहानुभावहरु,
यस आशुतोष इनर्जी लिमिटेडको मिति २०८३/०५/०४ गते बसेको सञ्चालक समितिको १४३औं बैठकको निर्णय अनुसार यस कम्पनीको नवौं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा देहायका प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा (२) तथा कम्पनी नियमावलीको नियम १८ को उपनियम (३) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।
सभा हुने मिति, समय र स्थान:
सभा हुने मिति : २०८३ साल भाद्र २७ गते शनिबार (तदनुसार सेप्टेम्बर १२, २०२६)
सभा शुरु हुने समय : अपरान्ह ४:०० बजे ।
सभा हुने स्थान : होटेल हिमालय, कुपन्डोल, ललितपुर ।
छलफलका विषयहरु:
क) साधारण प्रस्तावहरु :
- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८२/८३ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।
- कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/८४ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
- सञ्चालक समिति बैठकमा उपस्थित सदस्यहरुको बैठक भत्ता परिमार्जन गर्ने ।
- सञ्चालक समिति बैठकको सिफारिस बमोजिम आ.व. २०८२/८३ को मुनाफाबाट चुक्ता पूँजीको कर सहित १८.९४७३% (अठार दशमलव नौ चार सात तीन प्रतिशत) नगद लाभांश वितरण गर्ने ।
- सञ्चालक समितिको मिति २०८२/१०/६ को बैठकको निर्णय बमोजिम ओभर ड्राफ्ट खाता नविकरण गर्ने सम्बन्धी गरेको निर्णय अनुमोदन गर्ने ।
ख) विविध ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
साधारण सभा सम्बन्धी अन्य जानकारीहरु :
- प्रतिनिधि (प्रोक्सी) मार्फत साधारण सभामा भाग लिन चाहने शेयरधनीहरुले कम्तीमा ४८ घण्टा अगावै कम्पनीको केन्द्रिय कार्यालयमा कम्पनीले तोकेको प्रोक्सी फाराम भरेर पेश गरिसक्नु पर्नेछ । एक भन्दा बढी प्रोक्सीको नाम उल्लेख गरेमा प्रोक्सी फाराम रद्द गरिनेछ ।
- मिति २०८३/०५/१९ गते देखि साधारण सभा नभईञ्जेलसम्म शेयर दाखिल खारेज बन्द गरिनेछ ।
- छलफलका विषयसूची मध्ये विविध शिर्षक अन्तर्गत छलफल गर्न इच्छुक शेयरधनीले सभा हुनु भन्दा ७ (सात) दिन अगावै सो सम्बन्धी प्रस्ताव कारण सहित उल्लेख गरी कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा दिनु पर्नेछ ।
- सभामा भाग लिन आउनु हुने महानुभावहरुले प्रवेश पत्र वा आफ्नो शेयर प्रमाणपत्र प्रस्तुत गरेपछि मात्र सभा कक्षमा प्रवेश गर्न पाउनु हुनेछ । कुनै महानुभावले कुनै कारणवश प्रवेश पत्र वा शेयर प्रमाणपत्र प्राप्त गर्न नसक्नु भएमा कम्पनीको केन्द्रिय कार्यालयमा सम्पर्क राखि साधारण सभा हुने मिति अगावै प्रवेश पत्र प्राप्त गर्नुहुन अनुरोध गरिन्छ ।
- अन्य जानकारीको लागि कम्पनीको केन्द्रिय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा फोन नं. ०१-५२४५०५९ मा सम्पर्क राख्नुहुन अनुरोध छ ।
Notice Regarding the
9th Annual General Meeting
(First publication date: 2083/05/06)
Respected Shareholders,
As per the decision of the 143rd meeting of the Board of Directors of Aashutosh Energy Limited held on 2083/05/04, the Company's 9th Annual General Meeting is scheduled to be held on the date, time, and venue specified below to discuss and decide upon the following agendas. In accordance with Section 67 Sub-section (2) of the Companies Act, 2063 and Rule 18 Sub-rule (3) of the Company Rules, this notice is published for the information and attendance of all respected shareholders.
Date, Time, and Venue of the Meeting:
Meeting Date: Saturday, Bhadra 27, 2083 (Corresponding to September 12, 2026)
Meeting Start Time: 4:00 PM
Meeting Venue: Hotel Himalaya, Kupondole, Lalitpur.
Agendas for Discussion:
A) Ordinary Agendas:
1. To discuss and approve the Annual Report for F.Y. 2082/83 presented by the Chairperson on behalf of the Board of Directors.
2. To discuss and approve the financial statements including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement for F.Y. 2082/83 along with the Auditor's Report.
3. Pursuant to Section 111 of the Companies Act, 2063, to appoint the external auditor for F.Y. 2083/84 and fix their remuneration.
4. To revise the meeting allowance for members attending the Board of Directors meetings.
5. As recommended by the Board of Directors meeting, to distribute a cash dividend of 18.9473% (eighteen point nine four seven three percent) inclusive of tax on the paid-up capital from the profit of F.Y. 2082/83.
6. To approve the decision regarding the renewal of the overdraft account as decided in the Board of Directors meeting dated 2082/10/6.
B) Miscellaneous.
By Order of the Board of Directors,
Company Secretary
Other Information Regarding the AGM:
1. Shareholders wishing to participate in the Annual General Meeting through a proxy must fill out and submit the company-prescribed proxy form to the company's central office at least 48 hours prior to the meeting. If more than one proxy name is mentioned, the proxy form will be canceled.
2. The share transfer book will remain closed from 2083/05/19 until the conclusion of the Annual General Meeting.
3. Shareholders wishing to discuss matters under the Miscellaneous agenda must submit a written proposal along with reasons to the Chairperson of the Board of Directors through the Company Secretary at least 7 (seven) days prior to the meeting.
4. Attendees will be allowed to enter the meeting hall only after presenting their entry pass or share certificate. If any shareholder is unable to obtain their entry pass or share certificate for any reason, they are requested to contact the company's central office and obtain their entry pass prior to the date of the Annual General Meeting.
5. For further information, please contact the company's central office, Gyaneshwor, Kathmandu at Phone No. 01-5245059.