आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
3 Jul, 2026
बाजेको सेकुवा लिमिटेडको विशेष साधारण सभा आह्वान, प्रबन्धपत्र संशोधन र IPO सम्बन्धी प्रस्ताव

बाजेको सेकुवा लिमिटेडको विशेष साधारण सभा आह्वान, प्रबन्धपत्र संशोधन र IPO सम्बन्धी प्रस्तावBajeko Sekuwa Limited calls Special General Meeting for Memorandum amendment and IPO proposals

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on July 3, 2026

बाजेको सेकुवा लिमिटेड

काठमाडौँ ०१, काठमाडौँ, नेपाल को

विशेष साधारण सभाको सूचना

प्रथम पटक प्रकाशित मिति : २०८३/०३/१९

आदरणीय शेयरधनी महानुभावहरु,

यस बाजेको सेकुवा लिमिटेडको मिति २०८३ साल असार १८ गते, बिहिबार दिनको ११:०० बजे बसेको संचालक समितिको बैठकको निर्णयानुसार कम्पनीको विशेष साधारण सभा निम्न मिति, समय र स्थानमा तपसिलका विषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने हुँदा कम्पनी ऐन, २०६३ को दफा ८२(१) बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. विशेष साधारण सभा हुने मिति, समय र स्थान:

मिति: २०८३ साउन ०१ गते, शुक्रबार (तदनुसार १९ जुलाई, सन् २०२६)

समय: बिहान ११ बजे

स्थान: कम्पनीको रजिष्टर्ड कार्यालय, बत्तीसपुतली ०१, काठमाडौँ ।

२. छलफलका विषयहरु:

विशेष प्रस्तावहरु:

  1. कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा ।
  2. प्रिमियम मूल्यमा संस्थापक समूहको साधारण शेयर जारी गर्ने तथा सो प्रयोजनका लागि कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।
  3. कम्पनीको पुँजी संरचना बमोजिम सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये कम्पनीको जारी पुँजीको २० प्रतिशत (२०%) शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) मार्फत सर्वसाधारणमा निष्काशन गर्ने प्रस्तावमाथि छलफल गरी उक्त कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।
  4. प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) का लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने तथा सो सम्बन्धमा आवश्यक सम्झौता गर्ने सम्बन्धमा ।
  5. विशेष साधारण सभाबाट पारित भएका प्रस्ताव तथा संशोधनहरुको सम्बन्धमा नियामक निकायबाट कुनै संशोधन, परिमार्जन वा हेरफेर गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
  6. प्रारम्भिक सार्वजनिक शेयर निष्काशन (IPO) बाट प्राप्त हुने रकमको उपयोग सम्बन्धी योजना स्वीकृत गर्ने सम्बन्धमा ।

संचालक समितिको आज्ञाले

कम्पनी सचिव

Bajeko Sekuwa Limited

Kathmandu 01, Kathmandu, Nepal

Notice of Special General Meeting

First published date: 2083/03/19

Dear Shareholders,

As per the decision of the Board of Directors meeting of Bajeko Sekuwa Limited held on 2083 Ashar 18, Thursday at 11:00 AM, a Special General Meeting of the company will be held on the following date, time, and place to discuss and decide on the topics mentioned below. This notice is published for the information and attendance of all esteemed shareholders as per Section 82(1) of the Companies Act, 2063.

1. Date, Time and Place of Special General Meeting:

Date: 2083 Shrawan 01, Friday (corresponding to 19 July, AD 2026)

Time: 11:00 AM

Place: Company's Registered Office, Battisputali 01, Kathmandu.

2. Discussion Topics:

Special Proposals:

1. Regarding the amendment of the company's Memorandum and Articles of Association.

2. Regarding the issuance of ordinary shares to the promoter group at a premium price and making necessary amendments to the company's Memorandum for that purpose.

3. Regarding the discussion and decision on issuing 20 percent (20%) of the company's issued capital, out of the shares allocated for the general public as per the company's capital structure, through an Initial Public Offering (IPO), and granting all necessary authority to the Board of Directors for its implementation.

4. Regarding the appointment of an issue and sales manager for the Initial Public Offering (IPO) and making necessary agreements in that regard.

5. Regarding granting authority to the Board of Directors to take necessary actions in accordance with any instructions received from regulatory bodies for amendment, modification, or alteration concerning the proposals and amendments passed by the Special General Meeting.

6. Regarding the approval of the plan for the utilization of funds received from the Initial Public Offering (IPO).

By order of the Board of Directors

Company Secretary