
भुजुङ्ग हाइड्रोपावर लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्बन्धी सूचनाBhujung Hydropower Limited: Notice of 5th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 16, 2026
भुजुङ्ग हाइड्रोपावर लिमिटेड
टोखा-१०, काठमाडौँ
पाँचौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना !
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/३१ गते)
आदरणीय शेयरधनी महानुभावहरू,
मिति २०८३ साल भदौ महिनाको ३० गते बसेको यस भुजुङ्ग हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार यस लिमिटेड कम्पनीको पाँचौँ वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न विषय उपर छलफल तथा निर्णयहरू गर्नको लागी बस्ने भएको हुँदा संस्थापकहरू तथा शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभा हुने मिति समय र स्थान:
साधारण सभा हुने मिति : २०८३/०६/२२ गते विहीबार (तद अनुसार सन् २०२६ अक्टोवर ०८)
सभा हुने समय : विहान ११:०० बजे
स्थान : Amrapali Banquet Catering & Event Pvt.Ltd.,Bhatbhateni (Baluwatar Road), Kathmandu, Nepal
वार्षिक साधारण सभामा छलफल तथा निर्णयका लागि निर्धारित विषय सूचीहरू:
(क) साधारण प्रस्ताव:
- आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा।
- लेखापरिक्षकको प्रतिवेदन सहित २०८३ अषाढ मसान्तको वासलात र मिति २०८२ श्रावण महिनादेखि २०८३ असाढ मसान्तसम्मको नाफा नोक्सान बाँडफाँड हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू माथि छलफल गरि पारित गर्ने सम्बन्धमा ।
- आर्थिक वर्ष २०८३/०८४ को लागी कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
- आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरू अनुमोदन गर्ने सम्बन्धमा ।
- विविध ।
(ख) विशेष प्रस्ताव:
१. कम्पनीले अन्य कुनै कम्पनीमा लगानि गर्नका लागि प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।
(ग) विविध प्रस्ताव:
वार्षिक साधारण सभा सम्बन्धि अन्य जानकारीहरू:
- वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८३/०६/१३ गतेका दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द गरिनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०६/१२ गतेका दिनसम्म कारोबार भई शेयर खरिद गरि आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरू सो सभामा भाग लिन योग्य हुनेछन ।
- शेयरधनी महानुभावहरूलाई वार्षिक साधारण सभाको सूचना सम्बन्धी कागजातहरू शेयरधनी दर्ता किताबमा कायम रहेको ठेगानामा जानकारी गराईनेछ । कुनै कारणवस कुनै शेयरधनी महानुभावहरूलाई सूचना प्राप्त नभएमा कम्पनीको रजिष्ट्रड कार्यालय काठमाण्डौ जिल्ला टोखा न. पा. वडा नं. १० सामाखुसीमा सम्पर्क गर्न सकिनेछ ।
- वार्षिक साधारण सभामा भाग लिन हुने शेयरधनि महानुभावहरूलाई आफ्नो परिचय पत्र सहित उपस्थित हुन अनुरोध छ, अन्यथा सभाकक्ष भित्र प्रवेश गर्न पाइने छैन । सभामा भाग लिन प्रत्येक शेयरधनि महानुभावले सभाको दिन सभा सुरू हुनु भन्दा पहिले नै उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुहुन अनुरोध छ । हाजिरी पुस्तिका विहान १०:०० बजेदेखि सभा सञ्चालन रहेसम्म खुल्ला रहने छ ।
- सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरूले आफ्नो सम्पूर्ण शेयरको एउटै प्रतिनिधि पत्र (प्रोक्सी) फारम भरी सभा शुरू हुने समय भन्दा कम्तीमा ४८ घण्टा अगाडि कम्पनीको रजिष्ट्रड कार्यालय, काठमाण्डौ जिल्ला टोखा न.पा. वडा नं. १० सामाखुसीमा दर्ता गरिसक्नु पर्नेछ ।
- सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि वा प्रतिनिधि फेरबदल गर्न चाहेमा पनि सभा शुरू हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै कम्पनीको रजिष्ट्रड कार्यालय सामाखुसी काठमाण्डौमा प्राप्त हुने गरी सोको सूचना पठाउनु पर्नेछ । उक्त दिन सार्वजनिक विदा हुन गएपि उल्लेखित प्रयोजनको लागी कम्पनी खुल्ला रहनेछ।
- साधारण सभामा प्रस्तुत गरिएका प्रस्तावहरूमा आफ्नो राय तथा सुझावहरू दिन चाहनुहुने शेयरधनीहरूले मिति २०८३/०६/२० गते दिउँसोको ११:०० बजे सम्ममा आफ्नो राय तथा सुझावहरू उपलब्ध गराउने शेयरधनीहरूले मात्र उक्त सभामा आफ्नो राय तथा सुझावहरू राख्न पाउनेछन् ।
- संरक्षक रहनु भएका शेयरधनीको तर्फबाट शेयरधनी दर्ता किताबमा संरक्षकको रूपमा नाम दर्ता भएको व्यक्तिले, संयुक्त रूपमा शेयर खरिद गरिएको अवस्थामा शेयरधनी दर्ता किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति, अथवा सर्वसम्मतिबाट प्रतिनिधि नियुक्त गरिएको एक व्यक्तिले र कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरधनीको हैसियतले सभामा भाग लिन पाउनेछन् ।
- शान्ति सुरक्षाका कारण साधारण सभामा उपस्थित हुने शेयरधनी महानुभावहरूलाई यथाशक्य झोला, ब्याग नल्याउनु हुन अनुरोध छ । सभाको सुरक्षाकालागि खटिएका सुरक्षाकर्मीहरूले शेयरधनी महानुभावहरू लगायत सभाकक्षमा प्रवेश गर्ने सबैको झोला, ब्याग र शरिर जाँच गर्न सक्नेछन् ।
- कम्पनी ऐन, २०६३ को दफा ८४ अनुसारको संक्षिप्त वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, शेयरधनीको विवरण, शेयरधनीहरूले निरीक्षण वा प्राप्त गर्न चाहनु भएमा यस संस्थाको रजिष्ट्रड कार्यालय काठमाण्डौ जिल्ला टोखा न.पा. वडा नं. १० सामाखुसी तथा यस कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी, काठमाण्डौबाट नियमअनुसार प्राप्त गर्न सक्नु हुनेछ ।
नोट: साधारणसभा सम्बन्धि कुनै जानकारी चाहिएमा कम्पनीको वेवसाईट र कम्पनीको रजिष्ट्रड कार्यालय टोखा न.पा. वडा नं. १० सामाखुसीमा सम्पर्क गर्न सकिनेछ ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
Bhujung Hydropower Limited
Tokha-10, Kathmandu
Notice of the 5th Annual General Meeting !
(First Date of Publication: 2083/05/31)
Dear Shareholders,
As per the decision of the Board of Directors meeting of Bhujung Hydropower Limited held on the 30th of Bhadra, 2083, the 5th Annual General Meeting of this company is scheduled to be held on the following date, time, and venue to discuss and make decisions on the agendas listed below. This notice is published for the information of all promoters and shareholders.
Date, Time, and Venue of the AGM:
Date of AGM : 2083/06/22, Thursday (corresponding to October 08, 2026)
Time of AGM : 11:00 AM
Venue : Amrapali Banquet Catering & Event Pvt. Ltd., Bhatbhateni (Baluwatar Road), Kathmandu, Nepal
Agendas Scheduled for Discussion and Decision at the AGM:
(a) Ordinary Resolutions:
1. To discuss and approve the Annual Report of the Board of Directors for the Fiscal Year 2082/083.
2. To discuss and approve the Balance Sheet as of end of Ashad 2083, along with the Auditor's Report, and the Profit and Loss Appropriation Account and Cash Flow Statement for the period from Shrawan 2082 to Ashad end 2083, and other financial statements.
3. To appoint the Auditor for the Fiscal Year 2083/084 pursuant to Section 111 of the Companies Act, 2063, and to fix their remuneration.
4. To approve the decisions and actions taken by the Board of Directors during the Fiscal Year 2082/083.
5. Miscellaneous.
(b) Special Resolutions:
1. To make necessary amendments to the Memorandum of Association and Articles of Association for the purpose of investing in other companies.
(c) Miscellaneous Resolutions:
Other Information Regarding the Annual General Meeting:
1. For the purpose of the Annual General Meeting, the Shareholder Registration Book of the company will remain closed on 2083/06/13. Shareholders who have traded shares on Nepal Stock Exchange Limited up to 2083/06/12 and have got the shares transferred in their names will be eligible to participate in the meeting.
2. Shareholder members will be informed about the documents related to the Annual General Meeting notice at the address maintained in the shareholder register. If any shareholder member does not receive the notice for any reason, they can contact the company's registered office at Kathmandu District, Tokha Municipality, Ward No. 10, Samakhusi.
3. Shareholder members participating in the Annual General Meeting are requested to attend with their identity card, otherwise entry into the meeting hall will not be allowed. To participate in the meeting, each shareholder member is requested to be present before the commencement of the meeting on the day of the meeting and sign the attendance register kept there. The attendance register will remain open from 10:00 AM in the morning until the meeting is concluded.
4. Shareholder members wishing to appoint a proxy to participate in the meeting must fill out a single proxy form for all their shares and register it at the company's registered office, Kathmandu District, Tokha Municipality, Ward No. 10, Samakhusi, at least 48 hours before the meeting starts.
5. Even after appointing a proxy to participate in the meeting, or if they wish to change the proxy, the notice must be sent so as to reach the company's registered office in Samakhusi, Kathmandu, at least 24 hours before the meeting starts. Even if that day happens to be a public holiday, the company will remain open for the mentioned purpose.
6. Shareholders wishing to give their opinions and suggestions on the proposals presented in the General Meeting must submit their opinions and suggestions by 11:00 AM on the date 2083/06/20; only those shareholders will be allowed to present their opinions and suggestions in the said meeting.
7. In the case of a shareholder who has a guardian, the person registered as the guardian in the shareholder register; in the case of jointly purchased shares, the person whose name is mentioned first in the shareholder register, or a person appointed as a representative by consensus; and in the case of shares purchased by any corporate body or company, the representative nominated by such corporate body or company will be allowed to participate in the meeting in the capacity of a shareholder.
8. For peace and security reasons, shareholder members attending the General Meeting are requested not to bring bags or baggage as far as possible. Security personnel deployed for the security of the meeting may check the bags, baggage, and bodies of everyone entering the meeting hall, including the shareholder members.
9. If shareholders wish to inspect or obtain the brief annual financial statement, Board of Directors' report, Auditor's report, and shareholder details as per Section 84 of the Companies Act, 2063, they can obtain them in accordance with the rules from this institution's registered office at Kathmandu District, Tokha Municipality, Ward No. 10, Samakhusi, and this company's share registrar Kumari Capital Limited, Nagpokhari, Kathmandu.
Note: If any information regarding the General Meeting is required, you can contact the company's website and the company's registered office at Tokha Municipality, Ward No. 10, Samakhusi.
By Order of the Board of Directors,
Company Secretary