
बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री सूचनाBuddhabhumi Nepal Hydropower: Rights Share Sale by Sealed Bid Tender Notice
- वर्ग:Category:
- Auction
- प्रकाशित मिति:Published:
- Published on June 3, 2026
बोलकबोल (गोप्य शिल्ड टेन्डर) द्वारा शेयर बिक्री गर्नेबारे सूचना
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण समूहअन्तर्गतको तपसिल बमोजिमको शेयरहरु बाँकी रहेको हुँदा उक्त शेयरहरु खरिद गर्न योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०८३ साल जेष्ठ २९ गतेभित्र देहाय बमोजिमको स्थानहरुमा आइपुग्ने गरी प्रति कित्ताका कति दर रेटमा लिन कबुल गर्ने हो सो समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्न हुन अनुरोध गरिन्छ।
बोलपत्रद्वारा बिक्री गरिने शेयरको विवरण: ४,७४,६९६ कित्ता शेयर।
सि.नं. बोलपत्र आवेदन फाराम पाउने र बुझाउने स्थान (संकलन केन्द्र) हरु:
१. एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली-११, काठमाडौं।
२. एन आई सी एशिया बैंक लिमिटेडको शाखा कार्यालयहरु: क्रमशः (१) विराटनगर-३, मोरङ्ग (२) आदर्शनगर, वीरगञ्ज (३) महेन्द्रपुल, पोखरा (४) श्रवणपथ, बुटवल (५) हस्पिटल लाइन, धनगढी (६) विरेन्द्रनगर, सुर्खेत (७) पञ्चकन्या, नुवाकोट (८) त्रिशुली, नुवाकोट (९) नारायणगढ, चितवन र (१०) नेपालगञ्ज, बाँके।
शिलबन्दी बोलपत्र पेश गर्ने शुरु मिति : २०८३/०२/२१ गते।
शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति : २०८३/०२/२९ गते बैंकिङ्ग समयसम्म।
न्यूनतम मूल्य: प्रति शेयर रु.१००/-
यस सम्बन्धी विस्तृत जानकारीको लागि मिति २०८३/०२/१३ गतेको “नयाँपत्रिका” तथा “आर्थिक अभियान” राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिएको हुँदा उक्त सूचना हेर्न हुन समेत अनुरोध गरिन्छ।
नोट: बोलपत्रहरु सम्पूर्ण संकलन केन्द्रहरुबाट बिक्री प्रबन्धकको कार्यालयमा संकलन भए पश्चात् बोलपत्र खोलिने मिति समय र स्थान उल्लेख गरी राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गरी जानकारी गराइनेछ।
बिक्री प्रबन्धक:
एन आई सी एशिया क्यापिटल लिमिटेड
ट्रेड टावर नेपाल, थापाथली-११, काठमाडौं
Notice Regarding Sale of Shares through Sealed Bid Tender
As Buddhabhumi Nepal Hydropower Company Limited had opened the sale of its rights shares and invited applications, and some shares belonging to the general public group remain unsold as per the details below, any interested individual, company, association, or institution eligible to purchase these shares is requested to submit a sealed bid tender by 2083 Jestha 29, stating the rate per share they are willing to offer at the locations mentioned below.
Details of shares to be sold through tender: 4,74,696 units of shares.
S.N. Locations for obtaining and submitting tender application forms (Collection Centers):
1. NIC ASIA Capital Limited, Trade Tower Nepal, Thapathali-11, Kathmandu.
2. Branch offices of NIC ASIA Bank Limited: respectively (1) Biratnagar-3, Morang (2) Adarshnagar, Birgunj (3) Mahendrapul, Pokhara (4) Shrawanpath, Butwal (5) Hospital Line, Dhangadhi (6) Birendranagar, Surkhet (7) Panchakanya, Nuwakot (8) Trishuli, Nuwakot (9) Narayanagadh, Chitwan and (10) Nepalgunj, Banke.
Start date for submitting sealed bids: 2083/02/21.
Last date for submitting sealed bids: 2083/02/29 until banking hours.
Minimum price: Rs.100/- per share.
For detailed information regarding this, please refer to the notice published in the national dailies "Naya Patrika" and "Aarthik Abhiyan" on 2083/02/13.
Note: After all tender forms are collected from the collection centers and gathered at the sales manager's office, information regarding the date, time, and location for opening the tenders will be published in a national-level newspaper.
Sales Manager:
NIC ASIA Capital Limited
Trade Tower Nepal, Thapathali-11, Kathmandu