Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
12 Oct, 2026
चिलिमे सेती हाइड्रोपावरको चौथो वार्षिक साधारण सभा आह्वान

चिलिमे सेती हाइड्रोपावरको चौथो वार्षिक साधारण सभा आह्वानChilime Seti Hydropower Calls 4th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on October 12, 2026

चौथो वार्षिक साधारण सभा सम्बन्धी सूचना

यस कम्पनीको मिति २०८३/०६/२२ गते बसेको सञ्चालक समितिको ५५ औं बैठकको निर्णयानुसार निम्नअनुसारको मिति, समय र स्थानमा निम्न विषयसूचीमा छलफल एवं निर्णय गर्न कम्पनीको चौथो वार्षिक साधारण सभा बस्ने भएकोले शेयरधनी स्वयं उपस्थित हुन वा रितपूर्वक प्रतिनिधि मुकरर गरी पठाईदिनु हुन सबै शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ :

साधारण सभा हुने मिति, समय र स्थान:

मिति : २०८३/०७/१९ गते विहिबार (तदानुसार नोभेम्बर ०५, २०२६)

समय : बिहान ११:०० बजे ।

स्थान : चिलिमे जलविद्युत कम्पनी लि. केन्द्रीय कार्यालयको बैठक कक्ष, धुम्बाराही, काठमाडौँ ।

साधारण सभामा छलफल हुने विषय सूची:

  1. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनको प्रस्तुति ।
  2. लेखापरीक्षण प्रतिवेदन सहित २०८३ साल असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८२/०८३ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन सहितका अनुसूचीहरूको बारेमा छलफल गरी पारित गर्ने ।
  3. आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
  4. विविध ।

सञ्चालक समितिको आज्ञाले,

कम्पनी सचिव

चिलिमे सेती हाइड्रोपावर कम्पनी लिमिटेड

धुम्बाराही, काठमाडौँ

फोन नं : ०१४३७०७७३, ०१४३७०७९३

Notice Regarding the 4th Annual General Meeting

As per the decision of the 55th meeting of the Board of Directors held on 2083/06/22, the company's 4th Annual General Meeting will be held on the following date, time, and location to discuss and decide upon the agenda items listed below. This notice is published for the information of all shareholders to attend in person or to send a duly appointed proxy:

Date, Time and Venue of the General Meeting:

Date: 2083/07/19 Thursday (corresponding to November 05, 2026)

Time: 11:00 AM

Venue: Chilime Hydropower Co. Ltd. Central Office Meeting Room, Dhumbarahi, Kathmandu.

Agenda for Discussion at the General Meeting:

1. Presentation of the Annual Report for the fiscal year 2082/083 by the Chairman on behalf of the Board of Directors.

2. Discussion and approval of the Balance Sheet as of end of Ashad 2083, along with the Auditor's Report, Profit/Loss Account, Cash Flow Statement, and Statement of Changes in Equity for the fiscal year 2082/083, including the related schedules.

3. Appointment of the Auditor for the fiscal year 2083/084 and determination of their remuneration.

4. Miscellaneous.

By order of the Board of Directors,

Company Secretary

Chilime Seti Hydropower Company Limited

Dhumbarahi, Kathmandu

Advertisement