
सिटिजन्स क्यापिटल लिमिटेडको बीसौं वार्षिक साधारण सभा सम्बन्धी सूचनाCitizens Capital Limited: Notice of 20th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 13, 2026
बीसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/२८ गतेको नयाँपत्रिका)
श्री शेयरधनी महानुभावहरु,
मिति २०८३/०५/२६ गते शुक्रबार बसेको यस कम्पनीको संचालक समितिको १५२औं बैठकले निर्णय गरे अनुसार यस कम्पनीको बीसौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभा हुने मिति, स्थान र समय:
मिति : २०८३ साल आश्विन १९ गते (तदनुसार अक्टुबर ०५, २०२६), सोमबार ।
स्थान : सिटिजन्स क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौं ।
समय : बिहान ११:०० बजे ।
छलफलका विषयहरु :
(क) साधारण प्रस्तावहरु
- आ.व.२०८२/८३ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको कम्पनीको वासलात र मिति २०८२/०४/०१ देखि २०८३/०३/३२ सम्मको नाफा-नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।
- संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १३ प्रतिशतका दरले हुन आउने रकम रु. २,६०,००,०००।- (अक्षरेपी दुई करोड र साठी लाख मात्र) नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने ।
- कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/८४ को लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
- यस कम्पनीको नियमावली अनुसार गरिएको संचालक नियुक्ति अनुमोदन गर्ने ।
(ख) विविध
संचालक समितिको आज्ञाले
कम्पनी सचिव
साधारण सभा सम्बन्धी अन्य जानकारी:
१. वार्षिक साधारण सभालाई ध्यानमा राखी मिति २०८३/०६/०८ गते कम्पनीको शेयरधनी दर्ता किताब बन्द रहने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०६/०७ गतेसम्म कारोबार भई मिति २०८३/०६/१८ गते भित्र यस कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन पाउने छन् ।
२. अन्य कुनै जानकारीका लागि कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
Notice of the 20th Annual General Meeting
(First published date: 2083/05/28 in Naya Patrika)
Dear Shareholders,
As per the decision of the 152nd meeting of the Board of Directors of this company held on Friday, 2083/05/26, the 20th Annual General Meeting of this company is scheduled to be held at the following date, venue, and time to discuss and decide on the following matters. This notice is published for the information of all shareholders.
Date, Venue, and Time of the Annual General Meeting:
Date: Ashwin 19, 2083 (corresponding to October 05, 2026), Monday.
Venue: Registered Office of Citizens Capital Limited, Dillibazar, Kathmandu.
Time: 11:00 AM.
Agenda for Discussion:
(A) Ordinary Resolutions
1. To discuss and approve the Annual Report of the Board of Directors for the F.Y. 2082/83.
2. To discuss and approve the Auditor's Report along with the Balance Sheet of the company as of Ashad end 2083, and the Profit and Loss Account and Cash Flow Statement for the period from 2082/04/01 to 2083/03/32.
3. To approve the distribution of cash dividend (including dividend tax) of 13 percent of the paid-up capital as proposed by the Board of Directors, amounting to Rs. 2,60,00,000।- (In words, Rupees Two Crore and Sixty Lakh only).
4. To appoint the Auditor for the F.Y. 2083/84 on the recommendation of the Audit Committee as per Section 111 of the Companies Act, 2063, and to determine their remuneration.
5. To approve the appointment of Directors made in accordance with the Articles of Association of the company.
(B) Miscellaneous
By Order of the Board of Directors
Company Secretary
Other Information regarding the Annual General Meeting:
1. In view of the Annual General Meeting, the Shareholder Registration Book of the company will remain closed on 2083/06/08. Shareholders registered in the Shareholder Registration Book based on the share transfer documents received at the registered office of this company in Dillibazar, Kathmandu within 2083/06/18, having traded on Nepal Stock Exchange Limited until 2083/06/07, will be eligible to participate in the meeting.
2. For any other information, please contact the registered office of the company at Dillibazar, Kathmandu.