Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
20 Sep, 2026
सिटिजन्स शेयर ब्रोकरको चौथो वार्षिक साधारण सभा बस्ने सूचना

सिटिजन्स शेयर ब्रोकरको चौथो वार्षिक साधारण सभा बस्ने सूचनाCitizens Share Broker: 4th Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 20, 2026

चौथो वार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना

प्रकाशित मिति: २०८३/०६/०३

मिति २०८३/०६/०२ गते बसेको संचालक समितिको ७३ औं बैठकले निर्णय गरे अनुसार यस कम्पनीको चौथो वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

१. सभा हुने मिति, स्थान र समय

मिति :- २०८३ साल आश्विन २६ गते (अक्टोबर १२, २०२६) सोमबार

स्थान :- सिटिजन्स शेयर ब्रोकर लिमिटेडको प्रधान कार्यालय, कुपण्डोल, ललितपुर।

सभा सुरु हुने समय :- विहान ८:०० बजे।

२. छलफलका विषयहरु :

क. साधारण प्रस्तावहरु

  1. आ.व. २०८२/८३ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने।
  2. लेखापरीक्षकको प्रतिवेदन सहित असार मसान्तको कम्पनीको वासलात, मिति २०८२/०४/०१ देखि २०८३/०३/३२ सम्मको नाफा नोक्सानीको हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरि पारित गर्ने।
  3. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४.६५ प्रतिशतको दरले हुन आउने रकम रु. ९३,००,००० (अक्षरेपी त्रियानब्बे लाख मात्र) नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने।
  4. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।
  5. यस कम्पनीको नियमावली अनुसार गरिएको संचालक नियुक्ति अनुमोदन गर्ने।

ख. विशेष प्रस्ताव

१. कम्पनीको नियमावलीमा आवश्यक संसोधन गर्ने।

२. संचालक समितिको निर्णय बमोजिम कम्पनीले लिएका कर्जा सुविधाहरू अनुमोदन गर्ने तथा भविष्यमा आवश्यक पर्ने थप कर्जा लिन, नवीकरण गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने।

ग. विविध

साधारण सभा सम्बन्धि अन्य जानकारी:

१. वार्षिक साधारण सभालाई ध्यानमा राखी मिति २०८३/०६/१३ गते कम्पनीको शेयरधनी दर्ता किताब बन्द रहने छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०६/१२ गते सम्म कारोबार भई मिति २०८२/०६/२५ गते भित्र यस कम्पनीको रजिष्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन पाउने छन्।

२. अन्य कुनै जानकारीका लागि कम्पनीको रजिष्ट्रार कार्यालय कुपण्डोल, ललितपुरमा सम्पर्क गर्नुहुन अनुरोध छ।

संचालक समितिको आज्ञाले

कम्पनी सचिव

Notice Regarding the 4th Annual General Meeting

Published Date: 2083/06/03

As per the decision of the 73rd meeting of the Board of Directors held on 2083/06/02, the 4th Annual General Meeting of this company is scheduled to be held on the following date, time, and venue to discuss and decide on the following matters. This notice is published for the information of all shareholders.

1. Date, Venue, and Time of the Meeting

Date :- 2083 Ashwin 26 (October 12, 2026) Monday

Venue :- Citizens Share Broker Limited's Head Office, Kupondole, Lalitpur.

Meeting Start Time :- 8:00 AM.

2. Agenda for Discussion:

A. Ordinary Resolutions

1. To discuss and approve the Board of Directors' Annual Report for the F.Y. 2082/83.

2. To discuss and approve the company's Balance Sheet as of Ashad end, Profit and Loss Account from 2082/04/01 to 2083/03/32, and Cash Flow Statement for the same period along with the Auditor's Report.

3. To approve the distribution of cash dividend (including dividend tax) amounting to Rs. 93,00,000 (in words, Ninety-Three Lakhs only) at the rate of 4.65 percent of the paid-up capital as proposed by the Board of Directors.

4. To appoint the Auditor for the fiscal year 2083/84 on the recommendation of the Audit Committee as per Section 111 of the Companies Act, 2063, and to determine their remuneration.

5. To approve the appointment of directors made in accordance with the company's Articles of Association.

B. Special Resolutions

1. To make necessary amendments to the company's Articles of Association.

2. To approve the loan facilities taken by the company as per the decision of the Board of Directors and to authorize the Board of Directors to take additional loans or renew them as required in the future.

C. Miscellaneous

Other Information Regarding the Annual General Meeting:

1. In view of the Annual General Meeting, the Shareholder Registration Book of the company will remain closed on 2083/06/13. Shareholders registered in the Shareholder Registration Book based on the share transfer documents received at the company's registered office in Kupondole, Lalitpur within 2082/06/25, having traded on Nepal Stock Exchange Limited until 2083/06/12, shall be eligible to participate in the meeting.

2. For any other information, please contact the company's Registrar Office in Kupondole, Lalitpur.

By Order of the Board of Directors

Company Secretary

Advertisement