Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
16 Aug, 2026
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण तथा संस्थागत प्रतिवेदन

कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण तथा संस्थागत प्रतिवेदनCompany's Fourth Quarter Financial Statements and Corporate Report

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on August 16, 2026

३. कानूनी कारबाही सम्बन्धि विवरण

कम्पनीको यस आ.व को चौथो त्रैमासिक सम्ममा कुनै पनि कानूनी कारबाही नरहेको अवस्था छ ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धि विश्लेषण

यस कम्पनी मिति २०८०/०६/०२ मा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको र २०८०/०६/०४ गते बाट शेयर कारोबार सुरु भई २०८३ वैशाख ०१ देखि २०८३ असार मसान्त सम्म ६४ दिनमा निम्नानुसार कारोवार भएको छ ।

अधिकतम मुल्य : रु ४६८.१ न्यूनतम मुल्य : रु ४१५

अन्तिम मुल्य : रु : ४२२.१ कारोवार संख्या : १६,४९८

कारोवार दिन : ६४ कारोवार शेयर संख्या : ८२४,३८५

५. समस्या तथा चुनौती

विद्यमान आर्थिक मन्दीको कारण आर्थिक गतिविधिमा देखिएको सुस्थता र त्यसको कारणले बीमा व्यवसायमा देखिको नकारात्मक प्रभावलाई न्युनिकरण गर्नु आजको प्रमुख चुनौतीको रुपमा रहेको छ । यस परिस्थितिमा मुलुकको अर्थतन्त्रमा कायम नकारात्मक प्रभावबाट बीमा क्षेत्रमा पर्ने असरको साथै गुणस्तरीय बीमा व्यवसाय अभिवृद्धिका लागि दक्ष जनशक्तिको अभाव, बढ्दो महंगी तरलता संकुचन, सुरक्षित, आकर्षक र दीर्घकालिन लगानीको अवसरको कमी तथा जीवन बीमाको बारेमा जनचेतनाको कमीको साथै, जीवन बीमा कम्पनीहरु बीचको अस्वस्थ प्रतिस्पर्धा आजका प्रमुख समस्या र चुनौतिहरु हुन् ।

बीमा ब्यबसाय बृद्धिको लागी बीमाको पहुच देशब्यापी रुपमा विस्तार गर्दै बीमाबारे जनचेतना जागृत गर्ने तथा नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधि भित्र रहि लगानी अन्तर्गतको जोखिम समेतलाई ध्यानमा राखी उच्च प्रतिफल प्रदान गर्ने मजबुत बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने रणनीति अवलम्बन गरिएको छ ।

कम्पनीले पुर्वाधार, जलश्रोत तथा पर्यटनको क्षेत्रमा लगानी गर्दै लगानीलाई विविधिकरण गर्ने नीति लिएको छ । लगानी विविधिकरणको उद्देश्यले बैकिङ्ग क्षेत्रमा समेत सहभागिता जनाउँदै सानिमा बैंक लिमिटेडको आधारभूत शेयरधनीको रुपमा कम्पनीको संस्थापकको रुपमा लगानी भइरहेको छ ।

६. संस्थागत सुशासन

कम्पनीका कुशल र चुस्त व्यवस्थापनको कारण कम्पनीको संस्थागत सुशासनलाई प्रभावकारी रहेको छ । कम्पनीको आन्तरिक नियन्त्रण प्रणाली सुदृढ रहनुका साथै नियमक निकायबाट जारी भएका नीति निर्देशन तथा विद्यमान नियम कानुनहरुको पूर्ण पालना गरिएको छ । साथै कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थागत सुशासन सम्वन्धि निर्देशिकाले तय गरे बमोजिम कम्पनीको संचालक स्तरीय समिति गठन गरी कम्पनीको क्रियाकलापलाई नियमित अनुगमन तथा मार्ग निर्देश गरी व्यवस्थित गर्ने गरेको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखको उद्घोषण

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् साथै लगानीकर्ताहरुलाई सुसुचित हुन तथा निर्णय लिन आवश्यक कुनै विवरण, सुचना तथा जानकारीहरु लुकाइएको छैन ।

3. Details Regarding Legal Actions

As of the fourth quarter of this fiscal year, there are no legal actions against the company.

4. Share Transaction Analysis of the Corporate Entity

This company was listed on the Nepal Stock Exchange on 2080/06/02 and share trading commenced on 2080/06/04. During the 64 days from 2083 Baisakh 01 to 2083 Ashadh end, trading took place as follows:

Maximum Price: Rs 468.1 Minimum Price: Rs 415

Closing Price: Rs : 422.1 Number of Transactions: 16,498

Trading Days: 64 Number of Shares Traded: 824,385

5. Problems and Challenges

Due to the prevailing economic slowdown, mitigating the sluggishness in economic activities and its negative impact on the insurance business remains a major challenge today. Under these circumstances, along with the impact on the insurance sector from the prevailing negative effects in the country's economy, the lack of skilled human resources for quality insurance business enhancement, rising inflation, liquidity crunch, lack of safe, attractive, and long-term investment opportunities, lack of public awareness regarding life insurance, as well as unhealthy competition among life insurance companies are the major problems and challenges today.

To grow the insurance business, insurance access is being expanded nationwide to raise public awareness, and within the perimeter of investment guidelines issued by the Nepal Insurance Authority, an investment strategy is adopted focusing on strong banks and financial institutions offering high returns while considering the underlying investment risks.

The company has adopted a policy of diversifying investments by investing in infrastructure, hydropower, and tourism sectors. With the objective of investment diversification, it is participating in the banking sector as well, maintaining investment as a promoter and fundamental shareholder of Sanima Bank Limited.

6. Corporate Governance

Due to the company's efficient and sound management, corporate governance remains effective. The company's internal control system remains robust, and there is full compliance with policies, directives, and prevailing laws and regulations issued by the regulatory body. Additionally, as per the Insurer's Corporate Governance Guidelines issued by the Nepal Insurance Authority, the company has formed board-level committees to regularly monitor, guide, and regulate the company's activities.

7. Declaration by the Chairperson / Chief Executive Regarding Truthfulness and Accuracy

I personally take responsibility for the accuracy of the information and details mentioned in this report up to this date. Furthermore, I declare that to the best of my knowledge and belief, the details mentioned in this report are true, factual, and complete, and no details, notices, or information necessary for investors to make informed decisions have been concealed.

Advertisement