Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
27 Sep, 2026
इस्टर्न हाइड्रोपावर लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना

इस्टर्न हाइड्रोपावर लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्बन्धी सूचनाEastern Hydropower Limited: Notice of 10th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on September 27, 2026

इस्टर्न हाइड्रोपावर लिमिटेड

ललितपुर महानगरपालिका- १०, ललितपुर

दशौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना

(दोस्रो पटक प्रकाशित मिति २०८३।०६।०९)

यस कम्पनीको मिति २०८३ आश्विन ५ गते सोमबार दिनको १:०० बजे बसेको संचालक समितिको निर्णय अनुसार यस कम्पनीको दशौँ (आ.व. २०८२।८३) वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न लिखित विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई जानकारी गराउँदै सभामा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ।

दशौँ वार्षिक साधारण सभा हुने मिति, समय र स्थान :

मिति :- २०८३ आश्विन २९ गते बिहिवार (तदनुसार १५ अक्टोवर, २०२६)

समय :- विहान ११ बजे

स्थान :- होटल हार्दिक, वागवजार, काठमाण्डौ।

दशौँ वार्षिक साधारण सभाका छलफलका प्रस्तावहरु :

(१) सामान्य प्रस्तावहरु :-

क) कम्पनीको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने।

ख) कम्पनीको आ.व. २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने।

ग) कम्पनीको आ.व. २०८३/८४ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।

(२) विशेष प्रस्तावहरु

क) कम्पनीको १:०.५०१ बराबरको हकप्रद शेयर (Right share) निष्काशन सम्बन्धी।

ख) कम्पनीको रजिष्टर्ड कार्यालय रहेको ठेगाना परिवर्तन हुनेहुँदा प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धी।

(३) विविध।

साधारण सभा सम्बन्धी थप जानकारी:

१. वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८३।०६।२१ गते एक दिन शेयर दर्ता किताब बन्द (Book Close) रहनेछ।

Eastern Hydropower Limited

Lalitpur Metropolitan City- 10, Lalitpur

Notice of the 10th Annual General Meeting

(Second Publication Date: 2083।06।09)

As per the decision of the Board of Directors meeting of this company held on Monday, 2083 Ashwin 5 at 1:00 PM, the 10th (F.Y. 2082।83) Annual General Meeting of this company will be held on the following date, time, and venue to discuss and decide upon the following matters. This notice is published to inform all shareholders and request their presence at the meeting.

Date, Time, and Venue of the 10th Annual General Meeting:

Date: - 2083 Ashwin 29, Thursday (corresponding to 15 October, 2026)

Time: - 11:00 AM

Venue: - Hotel Hardik, Bagbazar, Kathmandu.

Agendas for Discussion at the 10th Annual General Meeting:

(1) Ordinary Agendas:-

a) To discuss and approve the Annual Report of F.Y. 2082/83 to be presented by the Chairman on behalf of the company.

b) To discuss and approve the Auditor's Report, Balance Sheet, Profit and Loss Account, Cash Flow Statement, and Schedules of the company for F.Y. 2082/83.

c) Regarding the appointment of the Auditor for F.Y. 2083/84 and determination of their remuneration.

(2) Special Agendas:-

a) Regarding the issuance of Right Shares in the ratio of 1:0.501.

b) Regarding the amendment of the Memorandum of Association and Articles of Association due to the change in the address of the Registered Office of the company.

(3) Miscellaneous.

Additional Information regarding the General Meeting:

1. For the purpose of the Annual General Meeting, the Share Registration Book will remain closed (Book Close) for one day on 2083।06।21.

Advertisement