
फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौं वार्षिक साधारण सभा बस्ने सूचनाFonepay Payment Service Limited: Notice of 7th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on October 9, 2026
सातौं वार्षिक साधारण सभाको सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०६/२३)
श्री आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३/०६/२२ गते सम्पन्न सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णयको लागी बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
साधारण सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ साल कार्तिक १८ गते (तद्नुसार ०४ नोभेम्बर २०२६, बुधबार)
स्थान : काठमाडौं मेरियट होटल, नक्साल, काठमाडौं।
समय : दिनको १२ : १५ बजे देखि।
छलफल गर्ने विषयहरु :
क. साधारण प्रस्ताव :
१) वार्षिक आर्थिक विवरण र सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने सम्बन्धमा।
२) आ.व. २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा।
३) आ.व. २०८३/८४ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने सम्बन्धमा।
ख. विविध
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
विशेष नोट:
- सभामा भाग लिन र मतदान गर्नको लागी प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरुले सभा हुने दिन भन्दा ४८ घण्टा अगावै कार्यालय समयको अपरान्ह ५.०० बजे सम्ममा कम्पनीको रजिष्टर्ड कार्यालय प्रतिनिधि नियुक्त (प्रोक्सी) सम्बन्धी फारम दर्ता गरिसक्नुपर्नेछ। प्रतिनिधि नियुक्त गर्दा कम्पनीको शेयरधनी बाहेक अन्य व्यक्तिलाई नियुक्त गर्न पाइनेछैन।
- विविध शिर्षक अन्तर्गत छलफल गर्न इच्छुक शेयरधनीले सभा हुनुभन्दा दुई दिन अगावै कार्यालय समय भित्र छलफलको विषय कम्पनीका सचिव मार्फत सञ्चालक समितिका अध्यक्षलाई सम्बोधन गरी कम्पनीको रजिष्टर्ड कार्यालय आइपुग्ने गरी लिखित रुपमा पठाउनु पर्नेछ। त्यस्तो विषय कम्पनीसँग सम्बन्धित औचित्य हेरी छलफलका लागि समावेश गरिनेछ।
- कम्पनीको सातौं वार्षिक साधारण सभाको प्रयोजनको लागि मिति २०८३ कार्तिक १३ गते (३० अक्टोबर २०२६) शुक्रबारको लागि कम्पनीको शेयर दाखिल खारेज दर्ता बन्द गरिनेछ। शेयरधनी दर्ता पुस्तिका बन्द भएको मिति २०८३ कार्तिक १३ गते (३० अक्टोबर २०२६) भन्दा अघिल्लो दिन २०८३ कार्तिक १२ गते (२९ अक्टोबर २०२६) बिहिवारसम्म शेयर बाँडफाँड भई कम्पनीको शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नु हुनेछ।
Notice of the 7th Annual General Meeting
(First published date: 2083/06/23)
Dear Shareholders,
As per the decision of the Board of Directors meeting of this company held on 2083/06/22, the Annual General Meeting of this company is scheduled to be held on the following date, time, and venue to discuss and decide on the following matters. Therefore, all shareholders are cordially requested to attend.
Date, Time, and Venue of the General Meeting:
Date: 18th Kartik 2083 (corresponding to 04 November 2026, Wednesday)
Venue: Kathmandu Marriott Hotel, Naxal, Kathmandu.
Time: From 12:15 PM onwards.
Matters to be discussed:
A. Ordinary Proposals:
1) Regarding the approval of the annual financial statements and the Board of Directors' report.
2) Regarding the discussion and approval of the financial statements including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with the Auditor's Report for the FY 2082/83.
3) Regarding the appointment of the Auditor for the FY 2083/84.
B. Miscellaneous
By Order of the Board of Directors
Company Secretary
Special Notes:
1. Shareholders wishing to appoint a proxy to attend and vote at the meeting must register the proxy form at the registered office of the company at least 48 hours before the meeting, by 5.00 PM during office hours. No person other than a shareholder of the company can be appointed as a proxy.
2. Shareholders wishing to discuss matters under the miscellaneous agenda must send their topics in writing, addressed to the Chairman of the Board of Directors through the Company Secretary, to reach the registered office of the company at least two days before the meeting during office hours. Such topics will be included for discussion after assessing their relevance to the company.
3. For the purpose of the company's 7th Annual General Meeting, the share transfer book of the company will remain closed on Friday, 13th Kartik 2083 (30 October 2026). Shareholders whose shares are allotted and registered in the company's shareholder register by the day before the book closure, i.e., Thursday, 12th Kartik 2083 (29 October 2026), will be eligible to attend, discuss, and vote at the meeting.